काठमाडौं । कषि, पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । डेंगु संक्रमण देखिएपछि उनी उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका छन्. ।
मन्त्री खनाललाई केही दिनदेखि ज्वरो आउने, टाउँको दुख्ने समस्या भएकाले उपचारका लागि निदान अस्पताल गएका थिए । उपचारका क्रममा डेंगुको संक्रमणको आशंकापछि निदान अस्पताले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।
शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु संक्रमणको पुष्टी भएको खनालको निजी सचिवालयले जनाएको छ । मन्त्री खनाललाई बुधबारदेखि ग्राण्डी अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ ।
प्रतिक्रिया