शाकाहारीलाई मतिष्कघातको जोखिम

काठमाडौं । माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मतिष्कघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरिएको थियो।

प्रत्येक हजार मानिसहमध्ये मुटुको रोग लाग्ने शाकाहारीको संख्या मांसाहारीको भन्दा १० कम थियो। तर मतिष्कघात हुनेमध्ये शाकाहारीको संख्या तीन जनाले बढी थियो।

आहार विशेषज्ञहरूका अनुसार शाकाहार वा मांसाहार जे गरे पनि धेरै प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ। यस्तै अत्यधिक प्रशोधित खानाले आयु घटाउन वा स्वास्थ बिगार्न सक्छ । उक्त शोधमा आहार र स्वास्थ्यबारे एउटा प्रमुख दीर्घकालीन ईपीआईसी(अक्सफोर्ड अध्ययनको तथ्यांक प्रकाशित गरिएको छ।

सन् १९९३ देखि २००१ देखि अध्ययनमा सहभागी भएका आधा मानिस मांसाहारी थिए भने १६ हजार शाकाहारी तथा ७५ सय जना माछा मात्रै खाने थिए। अध्ययनमा सहभागी हुने बेलामा उनीहरूलाई आफ्नो आहारबारे सोधिएको थियो। सन् २०१० मा फेरि त्यही कुरा सोधियो।

उनीहरूको स्वास्थ्यस्थिति, धूमपान गर्ने बानी तथा शारीरिक व्यायाम गर्ने वा नगर्ने पक्षलाई पनि अध्ययनमा समावेश गरिएको थियो। बिबिसी

प्रतिक्रिया