विवाह बन्धनमा ‘द रक’

एजेन्सी, न्युयोर्क । चर्चित हलिउड अभिनेता तथा पूर्व रेस्लर ‘द रक’ को नामबाट चिनिने ड्वेन जोनसन विवाहबन्धनमा बाँधिएका छन् । उनले सोमबार संगीतकार लरेन हासियनसँग विवाह गरेका हुन् ।

द रकले आफ्नो इन्स्टाग्राममार्फत् हवाईको फोटो हाल्दै यसबारेमा जानकारी दिएका हुन् । उनले २००७ मा पहिलो पत्नी ड्यानी ग्रेसियासँग सम्बन्धविच्छेद गरेपछि हासियनसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ड्यानी ग्रेसिया फिल्म प्रोड्युसर हुन् ।

उनीहरूका तीन छोरी छन् । यसअघि २०१८ मा विवाह गर्ने जनाइए पनि आफ्नी प्रेमी हासियन गर्भवती भएपछि स्थगित भएको थियो । उनले सन् १९९६ देखि २००४ सम्म रेस्लिङमा भाग लिएका थिए ।

प्रतिक्रिया