प्रहरीले थाल्यो पूर्वयुवराज पारस शाहमाथि छानविन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा पूर्वयुवराज पारस शाहमाथि प्रहरीले छानविन सुरु गरेको छ ।

आइतबार आफ्नी आमा कोमल शाहलाई बैंककका लागि बिदाइका गर्न विमानस्थल पुगेका पारसले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ईश्वर खत्रीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

दुर्व्यवहारमा परेका नायब निरीक्षक खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी नदिएको रानीपोखरीका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले बताए । यदी उनले उजुरी दिएको खण्डमा पुर्वयुवराज पारसलाई कानुन अनुसारको कारवाही हुने प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया