बदमास रोनाल्डो

चितवन राष्ट्रिय निकुञ्जका संरक्षणकर्मीले ‘रोनाल्डो’ नाम दिएको लक्का जवान भाले जंगली हात्ती केही वर्षयता सौराह नजिकै पर्ने खोरशोर हात्ती प्रजनन केन्द्र वरपर बस्ने गर्दछ । प्रजनन केन्द्रभित्र ढोई भनिने पोथी हात्तीहरू हुन्छन् उनीहरूको साथमा उनीहरूका छावा पनि हुन्छन् । रोनाल्डो प्रायः नजिकैको वनमा भेटिन्छ ।

रोनाल्डो कहिले निकुञ्जभित्रको वनमा त कहिले निकुञ्जसँगै जोडिएका सामुदायिक वनमा भेटिन्छ । अचेल ऊ प्रायःजसो प्रजनन केन्द्रमा बाँधिएका वा प्रजननका लागि छोडिएका ढोईसँग संसर्गको प्रतीक्षामा रहने गरेको निकुञ्जका कर्मचारी बताउँछन् । तर, गएको ३१ असार सबेरै रोनाल्डोको एक स्थानीय मानिससँग जम्काभेट भयो । बाघमारा सामुदायिक वन नजिकै उसले ६२ वर्षीय कान्छा दराइलाई आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । राप्ती नदी किनारबाट हात्तीले सम्भवतः घिसारेर वनभित्र पु¥याएका दराई केही समयपछि मृत अवस्थामा फेला परेका थिए ।

रोनाल्डोले भन्दा धेरै कुख्याति कमाएको चितवनको अर्को जंगली हात्ती हो ‘धुर्वे’ । उसको पनि वेलावेलामा चर्चा हुने गरेको छ । करिब १० वर्षदेखि पर्सा र चितवन राष्ट्रिय निकुञ्ज वरपरका स्थानीयको घरहरू भत्काउँदै र मानिसहरूलाई आक्रमण गरी दुःख दिँदै हिँड्ने गरेको ’धुर्बे’ हात्तीका बारेमा वर्षौंसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरूमा पनि आउने गर्दथ्यो । उसको आक्रमणबाट कैयौँ मानिसको ज्यानसमेत गएको थियो

‘रोनाल्डो हात्तीको आक्रमणमा परेर उनको ज्यान गएको हाम्रो निष्कर्ष छ,’ ढकालले भने, ‘उसले वेलावेला घरहरू भत्काइदिने, स्थानीयले लगाएको बालीनालीमा क्षति पु¥याउने गरेको सुनिए पनि हालैको समयमा मानिसहरूलाई आक्रमण गरेको थिएन ।’ तर, केही दिनअघि उसैको आक्रमणका कारण एकजनाले ज्यान गुमाउन प¥यो । वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका पीडितका परिवारले नेपाल सरकारबाट १० लाख रूपैयाँ क्षतिपूर्ति पाउने गरेका छन् । त्यसै अनुसार दराईका आफन्त क्षतिपूर्ति प्रक्रियामा रहेको ढकालले बताए । उक्त दुर्घटनापछि रोनाल्डोले अर्को कुनै उत्पात गरेको भने छैन । ‘ऊ शान्त नै देखिएको छ,’ उनले भने ।

रोनाल्डोले भन्दा धेरै कुख्याति कमाएको चितवनको अर्को जंगली हात्ती हो ‘धुर्वे’ । उसको पनि वेलावेलामा चर्चा हुने गरेको छ । करिब १० वर्षदेखि पर्सा र चितवन राष्ट्रिय निकुञ्ज वरपरका स्थानीयको घरहरू भत्काउँदै र मानिसहरूलाई आक्रमण गरी दुःख दिँदै हिँड्ने गरेको ’धुर्बे’ हात्तीका बारेमा वर्षौंसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरूमा पनि आउने गर्दथ्यो । उसको आक्रमणबाट कैयौँ मानिसको ज्यानसमेत गएको थियो ।

तर २०७० सालदेखि धुर्बे हात्तीको चर्चा सुनिएको छैन । ऊ अचानक हराएको छ । ढकालका अनुसार त्यसपछि धुर्वे हात्ती केही समय निकुञ्जदेखि उत्तरतर्फको चुरेको वन क्षेत्रमा गएर बसको थियो । त्यसको केही समयपछि ऊ चितवन नै फर्कियो । ‘हिजोआज धुर्वे हात्ती पश्चिम चितवनको सुकिभार र भिम्ले क्षेत्रका हात्तीसार नजिकै देख्न सकिन्छ, उनले भने, ‘त्यस क्षेत्रमा सरकारी र निजी हात्तीसारहरू छन् । त्यहाँ रहेका ढोईसँग धुर्वे र अन्य जंगली हात्तीको संसर्ग हुने गरेको छ ।’

हात्तीमा विद्यावारिधि गरेका वन्यजन्तुविद् डा. नरेन्द्रमान बाबु प्रधानका अनुसार नेपालका विभिन्न निकुञ्ज र जंगलमा गरेर करिब दुई सय जंगली हात्ती रहेका छन् । निकुञ्जमा संरक्षणका काम र पर्यटनका लागि पालिएका घरपालुवा हात्तीहरूको संख्या पनि त्यसकै हाराहारीमा रहेको छ ।

जंगली हात्तीको सबैभन्दा ठूलो संख्या बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको छ । त्यहाँ करिब सय जंगली हात्ती रहेका छन् । शुक्लाफाँटामा जंगली हात्तीको संख्या पाँच रहेको बताइन्छ । पर्सा–चितवन निकुञ्ज क्षेत्रमा करिब ६० वटा जंगली हात्ती विचरण गर्ने अनुमान छ । पूर्वी नेपालको झापामा करिब १५ जंगली हात्ती रहेको बताइन्छ । प्रधानका अनुसार हात्तीको संख्या तलमाथि भइरहन्छ किनभने हात्तीको हुल एक ठाउँबाट अर्को ठाउँमा गइरहन्छ ।

निकै बुद्धिमान् र स्मरणशक्ति बलियो हुने हात्ती समूह र परिवारमा बस्ने गर्दछ । लगभग मानिसकै जति आयु हुने हात्ती समझदार र दयालु स्वभावको हुने र उसले सितिमिति मानिसलाई आक्रमण नगर्ने विज्ञहरू बताउँछन् । तर, भीमकाय शरीर हुने हात्तीलाई बाँच्नको लागि धेरै आहारा आवश्यक पर्ने हुँदा निकै भौँतारिने गर्छ । तराई क्षेत्रमा बालीनाली खाइदिने गर्दा स्थानीय बासिन्दाहरू हात्तीविरुद्ध खनिने गर्छन् ।

हात्तीविद् प्रधान भन्छन्, ‘मानिसले उत्तेजित तुल्याएर आक्रमण गर्न थालेपछि हात्तीलाई पनि रिस उठ्छ । धुर्वे हात्तीले पनि त्यसै भएर आक्रमण गरेको होला ।’ उनका अनुसार अरूले नजिस्काएको वा दुःख नदिएको अवस्थामा हात्तीले आक्रमण गर्दैन । तर, वेलावेला जंगली हात्तीको आक्रमणमा मान्छेले ज्यान गुमाएका समाचार भने आइरहने गरेको छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया