लुम्बिनी विकास बैंकको साधारण सभा

काठमाडौं । राष्ट्रियस्तरको विकास बैंककोेरूपमा स्थापित यस लुम्बिनी विकास बैंकको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विकास बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ दशमलव ०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गरेको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।

साधारण सभाद्वारा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आव ०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरू पारित गरेको थियो । उक्त लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ६५ शाखाहरू र १३ वटा एटिएमबाट आफ्ना करिब दुई लाख ४० हजार ग्राहकहरुलाई आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५÷०७६ को आषाढ मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया