दशैँमा ‘रातो टिका निधारमा’

काठमाडौं । अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘रातो टिका निधारमा’ १० असोजमा प्रदर्शनमा आउने मिति घोषणा गरेको छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता अंकित शर्माको मुख्य भूमिका रहेको यो चलचित्र सामाजिक विषयमा बनेको छ । निर्देशक शर्माका छोरासमेत रहेका अंकितको यो चलचित्रमार्फत डेब्बु गर्दैछन् ।

यो चलचित्रमा साम्राज्ञी र अंकितसँगै अभिनेत्री नीता ढुंगाना, शिवहरि पौडेल, लक्ष्मी गिरी, अरुणा कार्की, वसुन्धरा भुसाल, रवीन्द्र झा, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी, बुद्धि तामाङ, खुस्बु खड्कालगायतका कलाकारको अभिनय छ ।

निर्देशक शर्माले गतवर्ष प्रदर्शन भएको चलचित्र ‘जय भोले’ को अन्त्यमा ‘रातो टिका निधारमा’ निर्माण गर्ने घोषणा गरेका थिए । उनले त्यसवेला दशैं उपहारस्वरूप यो चलचित्र बनाउने उद्घोष गरेका थिए । निर्देशक शर्माका अनुसार चलचित्र ‘रातो टिका निधारमा’ विशेष रहेको छ ।

प्रतिक्रिया