दैलेखमा बस दुर्घटना, एकको मृत्यु ७ घाइते

सुर्खेत । दैलेख जिल्लाको पश्चिम आठबीस नगरपालिका वडा नं ५ मालाचौरमा मंगलबार विहान बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बस विहान करिव ६ः ३० मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ना ५ ख ७२४५ नम्बर रहेको बसमा चालकसहित जम्मा ९ जना सवार थिए ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नं। ५ मालाचौर बस्ने अन्दाजी ३३ वर्षकी धृजा माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी जवान कष्ण बहादुर सुनारले जानकारी दिए । निजको बसले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । चालक भने फ्राहार रहेका छन् भने ७ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

गाडी चिप्लिएर ५० मिटर तल खसेको छ । बस मालाचौरदेखि राकम कर्णाली अस्पतालमा महिला लिएर आएको र हस्पिटलमा छाडेर फेरि मालाचौर जादा बाटोमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया