माछापुच्छ्रे बैंकको ऋणपत्र जारी

काठमाडौं । माछापुच्छ बैंक लिमिटेडको १ हजार अङ्कित दरका ३० लाख कित्ता ऋणपत्र सोमबार देखि जारी गरेको छ । वार्षिक १० दशमलव २५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १० दशमलव २५ माछापुच्छ ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ । बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री हुनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ बैंक लिमिटेड लगानीका लागि बैंक जोखिममुक्त रहेको जनाउदँछ । बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ । माछापुच्छ्रे बैंकले सातै प्रदेशमा १ सय ३२ वटा शाखाहरु र १ सय १२ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २२६ स्थानवाट सेवा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १ सय ४४ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया