थारू लोककला : एक संक्षिप्त अवलोकन

अशोक थारू

दाङ ।  देउखुरी उपत्यका आदिम मानवको भ्रमण थलो भएको कुरा यहाँ गरिएको पुरातात्विक अध्ययन, अनुसन्धान तथा उत्खनन्ले प्रमाणित गरिसकेको छ । आदिम मानवले आपूmले व्यक्त गर्न चाहेको कुरा चित्रकलाको माध्यमले व्यक्त गरेको प्रमाण गुफामा पाइने चित्रमा अभिव्यक्ति भएको पाइन्छ । अतः चित्रकलालाई भाषिक लिपिको प्रारम्भिक रूप पनि भनिन्छ ।

आदिम लोकले धर्म–दर्शन, गणित, प्रकृति, तन्त्र, काम तथा लोकजीवनका अन्य पाटालाई चित्रकलाको विषयवस्तु बनायो भने प्रस्तर हुँदै भित्ता, भूमि, गोदना, काँस, मूँज आदिलाई चित्रकलाको आधार बनायो । विभिन्न चाडपर्व, संस्कार आदिलाई अवसरको रूपमा प्रयोग ग¥यो भने मूर्त र अमूर्त स्वरूपलाई शैलीको रूपमा प्रयोग ग¥यो । कुँदाइ, बुनाई, गोदना, रङ, पिठो आदिलाई प्रविधिको रूपमा प्रयोग ग¥यो भने कुल परम्परा र गुरु परम्पराको आधारमा नारी र पुरुषले बनाउने चित्रको वर्गीकरणसमेत ग¥यो । लोक चित्रकलाको उत्पत्ति पनि दैवीय आधार, प्राकृतिक आधार र मानव आधारमा गरिएको ऐतिहासिक तथ्य हाम्रासामु यथेष्ट रहेका छन् । समग्रमा सिर्जनात्मक चित्रकला सौन्दर्यशास्त्र, समाजशास्त्र, मनोविज्ञान, रहस्यवाद, तन्त्रशास्त्र, गणित, इतिहास, संस्कृति, जीवनशैली, प्रकृति, खगोलशास्त्र, प्रतीकवाद आदिको प्रतिबिम्ब हो ।

डंगौरा–डिउख¥या थारू सिर्जनात्मक चित्रकला
मानवशास्त्री जिजल क्रसकउफ, डोरबहादुर विष्ट, पुरातत्वविद् गुडरन कार्विनस, डिल्ली रेग्मी र इतिहाकार राजाराम सुवेदीका अनुसार थारूहरू दाङ–देउखुरीका आदि मानव हुन् । थारू वास्तुकलानुसार निर्मित थारूहरूका घर, थारूहरूले प्रयोग गर्ने पाषाण उपकरण छटक्या, चक्या, काष्ठ उपकरणमा कोल, ढेँकी, कठब्रिला, कृषि उपकरण, खानाको परिकारमा घोङ्घी, गेक्टा, मच्छी, ढिक्री, भेषभूषामा भेग्वा, अंगोछा आदि उदाहरण हुन् । शास्त्रीय कलाको आधारमा थारू लोकसंस्कृतिमा ३६ प्रकारका कला भेटिन्छन् ।

घरको भित्तामा बनाइने भित्ति चित्रकलामध्येमा मयुरको युगल जोडी, चितल, माछा, गँड्यौला, गंगटा, हात्ती आदिमताका प्रतीक हुन् । कृष्णाष्टमी पर्वमा बनाइने अष्टिम्की चित्रकला सृष्टिकालदेखि ३२०० वर्ष पुरानो त्रेतायुग र द्वापरयुगीन इतिहास र थारू लोकदर्शनको प्रतीक हो । यसमा कोरिने बरमु¥वा अर्थात् रौना अर्थात् राहावन अर्थात् रावण आकर्षणको अर्को पाटो हो । यस चित्रकलामा प्रयोग गरिने ज्यामितीय विधिमा अण्डाकार, घनाकार, त्रिभुजाकार, शङ्कू आकार चित्रकलाका प्रारम्भिक विधि हुन् । यसमा थारू चित्रकारले प्रयोग गर्ने रङहरूको आफ्नै मनोविज्ञान छ । यस चित्रकलाको प्रारम्भ १४औँ शताब्दीदेखि आरम्भ भएको देखिन्छ । विगतमा दाङ–देउखुरीका प्रत्येक गाउँमा मटावाँ तथा मानजन (मान्यजन) को घरमा अष्टिम्की चित्रण गरेर धुमधामका साथ पर्व मनाइन्थ्यो । तर, वर्तमानमा यस्तो ऐतिहासिक र लोकदर्शनयुक्त चित्र चित्रण गर्नुको साटो बजारबाट कृष्णको पोस्टर ल्याएर जन्माष्टमी पर्व मनाउने परम्परा चलेको छ । अष्टिम्की चित्रण गर्दा स–साना बालबालिकाले माटोको क्यानभासरूपी डेहरीमा कोरिएको काह्नाको विराट स्वरूपदेखि बाह्य भागमा चित्र चित्रणको अभ्यास गर्दथे । जसबाट चित्रकलाको पुस्तान्तरण हुन्थ्यो तर, वर्तमानमा यो परम्परा नै न्यून भएपछि यस लोकचित्रकलाको प्रविधि, शैली, लोकदर्शनमा प्रश्नचिह्न लाग्न थालेको छ ।

थारू महिलाले विवाहपश्चात् आफ्नो घुँडादेखि पैतालासम्म गोदाउने गोदना अर्थात् अंगेजी भाषामा ट्याटुले लाखि नामक थारू लोककी विरांगनाको सौर्य गाथा गाउँछ । विश्वभरी फ्यासनको रूपमा तहल्का मचाइरहेको ट्याटु अर्थात् थारू भाषामा गोदना भने थारू लोकबाट पूर्णतः लोप भइसकेको छ । किन ? आपूmले आफँैसँग प्रश्न गर्ने वेला भएको छ । थारू महिला विवाहपश्चात् ससुराली उपहार लैजानका लागि काँस मूँजबाट डेल्वा, ढक्या, ढक्ली, पनछोप्नी बुन्छन् । जसमा मयूर, घोडा, बाँसको पात आदिजस्ता विभिन्न चित्र बुन्छन् । त्यहाँ गणित र ज्यामितीय चिह्नहरू पनि भेटिन्छन् ।

थारू पुरूषले काठमा विभिन्न चित्र कुँदछन् । जसमा चिरैँह्या लठ्ठी, ग्रामीण देवस्थलमा डहरचण्डी र चबह्वाको प्रतीकमा कुँदिने सुरूजभरार, जोह्न्या, गेक्टा, केस्ना, ढौरा पेरूषा, पार्वतीको स्वरूप मैयाँ आदि लोकदर्शनका प्रतीक हुन् । थारू महिलाले गृहदेवस्थलको डेहरीमा पिठोको घोलमा हातको पञ्जा डोबेर त्यसको छाप लगाउँछन् जो शुभको प्रतीक हो । वर्तमानमा थारू लोकमा तन्त्रशास्त्रमा आधारित प्राचीनतम चित्रकलाको अभ्यासलाई वर्तमान पुस्ताले अन्धविश्वासको उपाधि दिन थालेकाले थारू गु¥वाहरूमा मात्र सीमित रहेको छ । यसप्रकार थारू लोकमा प्रचलित सिर्जनात्मक कला वादे वादे जायते तत्व बोधः को पर्खाइमा छ ।

प्रतिक्रिया