तिजमा बबाल मच्चाउँदै सरिता

काठमाडौँ । यतिबेला तिज गीतले बजार संगीतमय भइरहेको बेला फेरी गायिका सरिता प्रजापतिको पनि ‘तिजमा बबाल मच्चाउँछु’ गीत सार्वजनिक भएको छ ।

दिनेश कंडेलको शब्द रचना तथा अनिश श्रेष्ठले संगीत भरेको उक्त गीतमा गायिका प्रजापतिको एकल आवाज छ । सुन्दर लामाले संगीत संयोजन गरेका हुन् ।

सुमन जंग केसीले निर्देशन गरेको सोही भिडियोमा अपाङ्ग नृत्यांगना रोमा न्यौपाने, दिपिका र सरुले अभिनय गरेका छन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियो सुरेश राउतले सम्पादन गरेका छन् ।

सोही भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । फरक धारमा शब्द चयन गरेर यस गीत बजारमा ल्याएको गायिका प्रजापतिले जानकारी दिइन् ।

प्रतिक्रिया