कोरियाली वृद्धले गरे आँफैले आगो लगाइ आत्महत्या

एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना कोरियाली वृद्धले आँफैले आगो लगाएर आत्महत्या गरेका छन् ।

जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आँफैलाई आगो लगाएर आत्महत्या गरेका हुन् ।

कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको बताएको छ । एक स्थानीय सञ्चार माध्यमले मृत्यु भएका व्यक्तिका ससुरा जापान युद्धका बेला जापानीहरुले जबर्जस्ती दास बनाइएको बताएका छन् ।

प्रतिक्रिया