इन्दिराको ‘नाचौँ मितिनी’

काठमाडौं । गायिका इन्दिरा भट्टराईको तीज गीत ‘नाचौँ मितिनी’ को भिडियो सार्वजनिक गरिएको छ । गीतका रचनाकार दिनेश अधिकारीले एक समारोहका बीच उक्त गीतको विमोचन गरे । गायिका भट्टराईको एकल आवाज रहेको उक्त गीतमा सन्तोष श्रेष्ठको संगीत तथा सुदीप सागरको एरेन्ज छ ।

मोडल सम्झना बुढाथोकीले निर्देशन रहेको गीतको भिडियोमा भागिरथ गाहाले छायांकन गरेका छन् । भिडियोमा सम्झनाका साथै नितु कोइराला, सरस्वती राना, बालकलाकार सदिक्षा रावल र आरोही भट्टराईलगायतका कलाकारको अभिनय छ । विष्णु शर्माले सम्पादन गरेको उक्त भिडियो इन्दिराज म्युजिक इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गीतकार अधिकारीले पछिल्लो समय सांगीतिक क्षेत्रमा देशका संगीतप्रेमीले खोजेजस्तै मौलिक लोकसंस्कृतिलाई उचाइमा पुर्याउने शब्द रचिएको बताए ।

उनले कला र संस्कृतिमार्फत देशको पहिचानलाई चिनाउन सकिने जिकिर गर्दै लोकसंस्कृतिको संरक्षणमा सबै जागरुक भइ लाग्नुपर्ने धारणा व्यक्त गरे । गायिका इन्दिराले आफूले यसअघि पूर्वदेखि पश्चिम भेगसम्म गुञ्जिने पूर्वेली, भोजपुरी र देउडा गीत गाइसकेको जानकारी दिँदै तिज गीतमार्फत संस्कृति जर्गेना गरेको जनाइन् । उनले भनिन्, ‘यो गीतले नेपालको संस्कृतिलाई संरक्षण गर्दै सामाजिक तथा सांस्कृतिक विषयलाई जोड दिएको छ । साथै गीतको भिडियोले पनि मौलिकतालाई नै प्राथमिकता दिएको छ ।’

प्रतिक्रिया