समता अस्पताल प्रकरण : विमलाका हत्या आरोपी धरौटीमा रिहा

काठमाडौँ । बिमला तामाङकाे समता अस्पतालमा झुण्डिएको अवस्थामा शव फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएका ३ जना हत्या आरोपी धरौटीमा रिहा भएका छन् । काठमाडौँको बौद्धमा रहेको समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेलसँगै अस्पतालकै कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी धरौटीमा छुटेका हुन् ।

२७ बर्षीया विमला समता अस्पतालमा सफाइ कर्माचारी थिइन् । उनिहरुलाई जिल्ला अदालत काठमाडौँले रु ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अस्पतालमै मृत अवस्थामा फेला परेकी विमला तामाङको खल्तीमा ३ जनाको नाममाको एक चिट प्रहरीले फेला पारेको थियो ।

उक्त चिटमा तीन जनालाई समाउनुस भन्ने शब्दहरु लेखिएको थियो । खल्तीमा फेला परेको चिटमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो, भने तेस्रो अक्षर म्याम लेखिएको थियो ।

प्रतिक्रिया