एनआईसी एशिया र मेघा हस्पिटलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०५ सम्म र फार्मेसीमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवाज्यू र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरेको छ । बैंकले हाल मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया