काठमाडौं । माछापुच्छ्रे बैंकको ’स्मार्ट बचत खाता’मा १४ लाख १० हजार रुपैयाँ बराबरको बीमा सुबिधा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै माछापुच्छ्रे बैंकले स्मार्ट बचत खातामा १४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको जनाएको छ ।
बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा १ लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउने जनाएको छ ।
पाँच हजार रुपैयाँ न्यूनतम मौज्दातमै खोल्न मिल्ने बैंकले जनाएको छ । बैंकले सात प्रदेशमा आफ्ना १३१ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२५ स्थानवाट सेवा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
प्रतिक्रिया