आरएमडीसीद्वारा आमाघरलाई सहयोग

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले काठमाडौं जिल्ला, रविभवन स्थित श्री वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण (आमाघर) लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद तथा खाद्य सामग्री सहयोग प्रदान गरेको छ ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सो आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठलाई रविभवनस्थित आमाघरमै पुगी खाद्य सामग्री (चामल, दाल, चिउरा, तेल) र खाना पकाउने ग्याँसका साथै आमाघरको नाममा ५० हजारको चेक हस्तान्तरण गरे ।

नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरूलाई थोक कर्जाको साथै संस्थागत क्षमता विकासको लागि प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यस संस्थाले पिछडिएका वर्गका महिलाहरूलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आइरहेकोे छ ।

प्रतिक्रिया