७० करोड फाइट !

मुम्बई । दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत नयाँ चलचित्र ‘साहो’ मा रहेको ८ मिनेट लामो फाइटका लागि ७० करोड खर्च गरिएको छ ।

चलचित्रमा रहेको ८ मिनेट लामो फाइटको दृश्यका लागि खर्च भएको रकमका कारण यसले थप चर्चा बटुल्न सफल भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दृश्य खिच्नका लागि लगभग बलिउडको एउटा हाइबजेट चलचित्र बनाउन लाग्ने रकम लगानी गरिएको छ । निर्माण पक्षले सो दृश्य खिच्न ७० करोड भारू खर्च भएको जनाएको छ ।

चलचित्रका सम्पूर्ण एक्सन दृश्य हलिउड एक्सन समूहले कोरियोग्राफ गरेको हो । ७० करोड भारू खर्च गरिएको उक्त दृश्य आबुधावीमा खिचिएको हो । बहुचर्चित चलचित्र ‘बाहुबली’ बाट चर्चामा आएका प्रभास स्टारर रहेको ‘साहो’ प्रदर्शनको क्रममा रहेको छ । ‘बाहुबली’ जस्तै यस चलचित्रमा काम गर्न साइन गरेदेखि नै ‘साहो’ को निकै चर्चा भएको छ । बिग बजेटमा बनेको यो चलचित्र हलिउड शैलीमा बनाइएको छ । हालै रिलिज भएको टिजरले यसको संकत गरेको छ ।

भारतीय चलचित्र क्षेत्रमा एक्सनका लागि खर्च गरिएको यो रकम अहिलेसम्मकै ठूलो हो । १५ अगस्टमा प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा अभिनेता प्रभासको साथमा अभिनेत्री श्रद्धा कपुर, चंकी पाण्डे, महेश मांजेकर, अरूण विजय तथा मुरली शर्मालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

कुल ३ सय करोड भारू खर्च गरेर निर्माण गरिएको यो चलचित्रको निर्देशन सुजिथले गरेका छन् । एकैसाथ तीन भाषामा खिचिएको यो चलचित्र हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुने जनाइएको छ । ‘बाहुबली’ पछि प्रभास अभिनित पहिलो चलचित्र भएकाले दर्शकका लागि विशेष प्रतिक्षित बनेको छ ।

प्रतिक्रिया