मुम्बई । बलिउड अभिनेत्री क्याट्रिना कैफ मंगलबारदेखि ३६ वर्ष लागेकी छन् । यतिवेला उनले मेक्सिकोमा आफ्नो जन्मदिन केही निकटस्थ र परिवारसँग मनाइरहेकी छन् । उनले बलिउडमा बितेका केही वर्षमा दर्जनाैँ चलचित्रमा आफ्नो क्षमता देखाउन सफल भएकी छन् । साथै यस अवधिमा अभिनेत्रीका दृष्टिले उनले करिअर तथा सुन्दरता कायमै राख्दै अभिनयमा समेत उल्लेख्य सुधार गर्दै गएको आभास हुन्छ ।
उनले बलिउडमा इन्ट्री मारेको पहिलो चलचित्र फ्लप भए पनि करिअरमा भने निकै सफलता पाउँदै गइन् । उनका जीवनका केही सत्यता यस्ता छन् । सुपर मोडलका रूपमा परिचित रहेकी क्याट्रिनाले सन् २००३ मा ‘बुम’ चलचित्रबाट बलिउडमा प्रवेश गरेकी हुन् । उक्त चलचित्रमा उनले अभिनेता अमिताभ बच्चन, ज्याकी श्राफ तथा गुलसन ग्रोबर जस्ता कलाकारसँग स्क्रिन गर्ने अवसर पाइन् । सो चलचित्र बक्सअफिसमा फ्लप भयो ।
उक्त चलचित्र रिलिजअघि नै लिक भएर छ्यापछ्याप्ती भइसकेको थियो । पहिलो चलचित्रले सफलता हासिल गर्न नसकेपछि पनि उनले त्यसयताको जीवनमा खासै फ्लप चलचित्रमा काम गर्नुपरेको छैन । क्याट्रिनाले बलिउडका साथै मलयालम तथा तेलेगु चलचित्रमा समेत काम गरेकी छन् । ती चलचित्रबाट उनले सफलता नै हासिल गर्न सकिन् ।
चलचित्र ‘न्यूयोर्क’ का लागि उनले सन् २००९ मा फिल्मफेयरमा सर्वश्रेष्ठ अभिनेत्रीको मनोनयनमा परिन् । त्यसपछि उनको करिअरले नयाँ मोड लिन थाल्यो । त्यसपश्चात् उनले ‘राजनीति’, ‘जीन्दगी ना मिलेगी दोबारा’, ‘पार्टनर’, ‘मेरे ब्रदरकी दुल्हन’ तथा एक था टाइगर’ जस्ता चर्चित चलचित्रमा काम गरिन् । उनले काम गरेका अधिकांश चलचित्रले बलिउडमा सफलता हासिल गरेकी छन् ।
यसका साथै उनको निजी जीवनमा समेत वेलावेलामा चर्चा हुने गरेको छ । त्यसमा पनि प्रेम जीवनले उनलाई चर्चाको शिखरमा पु¥याइरह्यो । प्रेमजीवनमा खासै सफल हुन नसकेकी उनी पहिले बलिउड अभिनेता सलमान खानको चक्करमा परिन् । त्यसपछि अर्का अभिनेता रणवीर कपुरसँगको प्रेमले निकै चर्चा बटुल्यो । उनले समुन्द्री किनारमा रणवीरसँग गरेको रोमान्सका तस्बिरले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै चर्चा कमाउन सके ।
रणवीरसँगको प्रेम विछोडले उनलाई खासै राम्रो गरेन । हाल सिंगल रहेकी क्याट्रिनाको करिअरमा सलमानको साथ र सहयोगले निकै सघाउ पु¥यायो । उनलाई पूर्वप्रेमिसमेत रहेका सलमानले फिल्मी करिअरमा निकै सहयोग गरे । यसै वर्ष पनि उनले सलमानसँग चलचित्र ‘भारत’ मा काम गरेकी छन् । जुन चलचित्रले एकपटक फेरी क्याट्रिनालाई चर्चामा ल्याएको छ ।
पछिल्लो समय उनी पुनः राम्रा ब्यानर र निर्देशकका चलचित्रमा व्यस्त हुन थालेकी छन् । पछिल्लोपटक उनले अक्ष्य कुमारसँग चलचित्र ‘सूर्यवंशी’ काम गरेकी छन् । आजकल उनी बलिउडका सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा परेकी छन् ।
प्रतिक्रिया