काठमाडौं । नजिकिँदै गरेको तिजको अवसर पारेर दर्जनौं गायक गायिकाले हरेक वर्ष गीत सार्वजनिक गर्दै आएका छन् । तिज आउन अझै डेढ महिना बाँकी छँदा अहिलेदेखि नै यससँग सम्बन्धी गीत सार्वजनिक भइरहेका छन् । यसै मेसोमा संगीतकार तथा गायिका रेखा पौडेलको तिज कोसेली ‘बरिलै तिजमा’ सार्वजनिक भएको छ ।
मंगलबार सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा अभिनेत्री सारिका घिमिरेले कम्मर मर्काएकी छन् । भिडियोमा सारिकासँगै रेखा र अन्य कलाकारको पनि आकर्षक नृत्य रहेको छ । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यो गीतमा कृष्ण बिकको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।
विदुर सिवाकोटी नृत्य निर्देशन, भिजन सिवाकोटीको सहायक निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनी र समूहले छायांकन गरेको हो । मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
‘तिजमा मौलिक गीत स्रोता–दर्शकमाझ हामीले पस्किएका छौँ । सबैले मन पराइदिनेमा आशावादी छौँ’, गायिका तथा संगीतकार रेखाले भनिन् ।
प्रतिक्रिया