काठमाडौं । वर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रम स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई कान्ति बाल अस्पतालमा हस्तान्तरण गरेका हुन् ।
योजना हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका तर्फबाट डा. गणेश कुमार राई, स्मार्ट पानीका तर्फबाट सुमन शाक्य र बोटलर्स नेपालका तर्फबाट प्रदीप पाण्डेको उपस्थिति रहेको थियो । आफू सञ्चालनमा रहेको समुदायमा तथा समाजमा सकारात्मक प्रभाव पार्न प्रतिवद्ध कोका–कोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापना र एकीकृत जल संसोधन व्यवस्थापनको निम्ति निरन्तर काम गर्दै आएको छ ।
तीव्र जलवायु परिर्वतनका साथ, विश्वव्यापी तापक्रम परिर्वतन भइरहेको छ र जनसंख्या पनि बढ्दो क्रममा छ, यसका साथै उपयुक्त पानी व्यवस्थापन पनि निकै महत्वपूर्ण भएको छ । काठमाडौंमा वार्षिकरूपमा करिब ६ देखि सात महिना पानी पर्दछ जुन उचित व्यवस्थापन गर्न सके वर्षभरिका लागि पर्याप्त हुन्छ । रेन वाटर हार्भेस्टिङ प्रणाली एक उत्तम प्रणालीको रूपमा वर्णन गरिन्छ जसले वर्षातको पानीलाई संचित गरेर खडेरीको सिजनमा यसलाई पुनःप्रयोग गर्न मद्दत गर्दछ । यस प्रविधिले पानीको राम्रो व्यवस्थापन गर्न पनि मद्दत पु¥याउँछ ।
पानीको उचित व्यवस्थापनका लागि कान्ति बाल अस्पतालमा बोटलर्स नेपालको सहयोग र स्मार्टपानी प्रालिको कार्यन्वयनमा रेन वाटर हार्भेस्टिङ तथा ग्राउन्ड वाटर रिचार्ज प्रणाली जडान गरिएको छ । यस अस्पताल उपत्यकाको उत्तरी भागमा पर्ने भएकाले रिर्चाजका लागि अत्यन्तै उपयुक्त मानिन्छ ।
प्रतिक्रिया