काठमाडौं । एन आई सी एसिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सेवा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा ७ दशमलव ५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेस डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेको हो । बैंकको मुलुकभर २९१ शाखा कार्यालयहरू, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया