ए झरी नआउन यसरी

प्रकाश घिमिरे (अन्जान यात्री)

 

चारैतिरबाट घेरिएको बादलले गगन हुन्छ 
बर्षा लायो पाहाडमा त भेलले कटान हुन्छ !!

भारतले खेलेको चलाखी पुर्ण टकबन्धले 
अझै भय भो तराईमा भलले डुबान हुन्छ !!

कहिले खडेरीले मार्‍यो अब बर्षाले के गर्‍यो 
झरि परिरह्यो यो तालले रुक्ने नठेगान हुन्छ!!

नटेक्ने डालो छ नसमाउने नै हागो छ पानीमा 
उद्धारका कहाँ पो पुग्छ बलले नसाधन हुन्छ!!

नामो निसानो छैन खेतबारी कहाँनेर छ भनी 
बेलैमा है होशियार अलमलले नोक्सान हुन्छ !!

कति त घरवार बिहिन गाँस र बाँस केहि छैन 
हो प्राकृतिक प्रकोपको सलबलले निधन हुन्छ !!

 

प्रतिक्रिया