काठमाडौँ । केन्द्रीय राजधानी काठमाडौँको माइतीघरमा आज जुलुससहित बिरोध तथा बृहत प्रदर्शन गरिएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै प्रदर्शन गरिएको हो ।
लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाको लागि ९ हजार १६१ जना कर्मचारीको लागि विज्ञापन जारी गरेको थियो । विज्ञापनमा संविधानअनुसार आरक्षणको व्यवस्था नगरिएको भन्दै सर्वोच्चमा समेत रीट दायर भएको छ ।
उक्त प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदायहरु सहभागी छन् । सुन्धारा, बानेश्वर र थापाथलीबाट र्यार्ली निकाल्दै संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने आन्दोलनकारिले बताएका छन् ।
प्रतिक्रिया