केकी र कोसिशको ‘रातो गलबन्दी’

काठमाडौं । अनिश थापाले निर्देशन गरेको चलचित्र ‘रातो गलबन्दी’ को फस्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनिक गरिएको छ । आगामी १७ साउनदेखि देशव्यापी प्रदर्शन आउने तयारीमा रहेको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, अभिनेता कोसिश क्षेत्री र बुद्धि तामाङको प्रमुख भूमिका छ ।

थापाको डेब्यु निर्देशन गरेको चलचित्रको उक्त गीतमा गायक राजेश पायल राई र गायिका श्रेया राईको आवाज रहेको छ । गीतमा संगीत विनोद खुम्बुले भरेका छन् । लोकराज अधिकारीले लेखेको उक्त गीतको कोरियोग्राफी गोविन्द राईको रहेको छ ।

प्रतिक्रिया