काठमाडौं । एनआइसी एसिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार, बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकका डिजिटल विजनेसका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमांशु झाले हस्ताक्षर गरे । बैंकका देशभरि २९० शाखा, ३०२ एटिएम, ४७ एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाइ छन् ।
प्रतिक्रिया