राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि बोस्निया एण्ड हर्जगोभिनाका गैरआवासीय राजदूत मोहम्मद केन्गिक आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै । तस्वीरः रासस
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा चार मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रमाणपत्र पेश गर्नेमा गैरआवासीय राजदूत नेपालका लागि गणतन्त्र युगाण्डाका दिनह ग्रच अकेलो, बोस्निया एण्ड हर्जगोभिनाका मोहम्मद सेन्जिक, गणतन्त्र मालीका सेकोउ कस्से र गणतन्त्र साइप्रसका अगिश लोइजोउ छन् ।
उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो । राजदूतहरुलाई यहाँस्थित होटल साङ्ग्रिलादेखि शीतल निवाससम्म बग्गीमा सवार गराइएको थियो ।
राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र साइप्रसका गैरआवासीय राजदूत अगिश लोइजोउ आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै । तस्वीरः रासस
राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र मालीका गैरआवासीय राजदूत सेकोउ कसे आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै । तस्वीरः रासस
राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र युुगाण्डाका गैरआवासीय राजदूूत दिनह ग्रच अकेलो आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै । तस्वीरः रासस
प्रतिक्रिया