कुमारी बैंकले थप्यो ५ शाखा

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडांै उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरूको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणाले बैंकका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गरे ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरू बिस्तार गरेको हो । उक्त शाखाहरूको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो ।

प्रतिक्रिया