भानुको सम्झनामा ‘सुन्दरकाण्ड’

काभ्रे । २०६औँ भानुजयन्तीको अवसर पारेर तुंगनाथ उपाध्यायको गीत ‘सुन्दर–काण्ड (रामायण)’ को पहिलो अंश सार्वजनिक भएको छ । जसमा गायन तथा संगीत स्वयं तुंगनाथकै रहेको छ ।

‘सुन्दर–काण्ड (रामायण)’ एउटा सर्वथा नौलो शैलीमा बनाइएको गायक तुंगनाथले बताए । उनका अनुसार आदिकवि भानुभक्त आचार्यले लेखेको रामायणको ‘सुन्दरकाण्ड’ बाट केही अंशविशेषको संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो । उनले जसको लेख्य नेपाली भाषाको डोरीले विश्वभरी छरिएर बसेका नेपालीलाई एकतामा बाँध्न सफल भयो र आज हामी त्यही नेपाली भाषा गर्वका साथ बोलिरहेको बताए ।

तुंगनाथले गीत रचनाका साथै कार्यक्रम पनि आदिकवि भानुभक्तप्रति समर्पित रहने बताए । उनले भनने, ‘यही नेपाली भाषामा डुबुल्की मारेर, गोता लगाएर, कैयौँले यसैलाई सुम्सुम्याएर कविता, गीत, गÞजÞल, कथा, आदि लेखे । कतिले गीत गाए, अभिनय पनि गरे । जति पनि समाचार पढिए ती जम्मै जीवित अरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ गीत सार्वजनिक गरिएको हो ।’ उनले सर्जकलाई जिउँदै रहँदा नै समर्पणका रूपमा शान्तिपूर्ण मनोरञ्जन गराउने जमर्को गरेर सुन्दर–काण्डलाई गीतिरूपमा ल्याएको जिकिर गरे ।

गायक तुंगनाथका अनुसार गीतमा प्रत्येक दुई श्लोकपछि लय परिवर्तन हुन्छ अनि निरन्तरता भंग नगरी अघि बढ्छ । उनले भने, ‘साधारणत रामायण भन्नेबित्तिकै श्लोक हाँक्ने बुझिन्छ । तर, यो रामायणको पारम्परिक पाठ अथवा वाचन नभै संगीतमय गायन हो ।’ यसपछिको अर्को खण्ड पनि पनि चाँडै नै सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया