सडक सञ्जालले निम्त्याएका दुर्घटना

ज्ञान हाँसी हाँसी मर्दछ विज्ञान रोएर मर्दछ । काल एउटै हुन्छ । अभोकाल दश वटा हुन्छ । यस्तैभित्र पर्नु भएकोछ सुर्खेत पहिचानका सम्पादक सुर्खेत पत्रकार महासंघका सह–सचिव नन्द बहादुर गोलाङ । गत जेठ २९ गते टिप्परको ठक्करबाट गोलाङको अकालमै ज्यान गयो । उहाँको सपरिवार सकुटुम्बमा भगवानले धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना । श्रद्धा सुमन बाहेक शब्द त के नै छ र ? प्रश्न उठन जान्छन् , कागजमा गुणस्तर र नम्सभित्र रहेका सबै प्रदेशका सडकहरू गुणस्तरीय भन्ने शब्दले बजार पाउँछ नै तर कार्यान्वयन पक्ष भने फितलो र बालुवामा पानी जस्तै रहेको पाइन्छ ।

यस्तै दुर्दशा भित्र पर्दछ सुर्खेत–कालिकोट–जुम्ला–मुगु सडक । यो सडक खण्डमा हजारौँ सवारी साधन दुर्घना हुँदा त्यतिकै संख्यामा मानिसले अकालमा मृत्युको सिकार हुनु परेको छ । दिनहुँ जसो घटना दुर्घटना भइरहँदा समेत राज्यको आँखा नखुल्नु, जनताले भोगिराखेको सास्तीको मूल्यांकन नहुनु दुर्भाग्य हो । यो विषय अति पेचिलो छ । यो देशकै आधा जति बजेट सडक, शिक्षा, स्वास्थ्य, कृषि तथा वनमा लगानी भइराखेको छ । ठेक्कापट्टा लिने ठेकेदार कम्पनी सरकारी निकाय र नीति निर्माता योजनाकार सबै तह तप्का र खरिद ऐनको परिधि भित्र रही सडक सञ्जाल ठूलो जाल बनेको हुन्छ ।

जहाँ सडक सन्जाल नपुग्दा विकासको अनुभूतिसम्म गर्न सक्दैनन् जनताले । सशिक्षा स्वास्थ्य गाँस वास र कपासको सहज पहुुँचमा सडक सञ्जालले पु¥याउँछ । तर, सडकमा गाडी गुडाउने चालकलाई विधाताका रूपमा लिनु पर्ने अवस्था छ । जनताको ज्यान उसैकोहातमा हुन्छ । जनताको शिक्षा रोजगार गाँस बास र कपासको जीवन पद्धतिको मूल आधार सडक सञ्जाल र चालक हुन जान्छन, तर पनि हाम्रो देशका सडक सञ्जाल र चालक सञ्जाल मात्तिने आत्तिने सूचीमा दिनानु दिन पर्दै गईरहेका छन् । यो जान्नै पर्ने विषय बन्दै गएको छ । जीवन र समयको सवालको प्रथम तह जनताको धनराशि हो । जनताबाट कर उठाएर सरकारले सडक सञ्जाल बनाएको छ । चालकहरूले रोजगारी पाएका छन् । तर, त्यही सडक तथा चालकहरू जनताका अकाल मृत्युको कारक बन्न गईराखेका छन् ।

सडक सञ्जालहरू, डोजरको चक्रव्यूह नातागोताको चक्रव्यूह, संघ सघठनको चक्रव्यूह, नीति निर्माता र कार्यकर्ताको चक्रव्यहूको फन्दाभित्र परिरहेका छन् । जब यो चक्रव्यूहभन्दा बाहिर सडक सञ्जाल आउन सक्दैन तबसम्म सडक सञ्जालले जनताको जीवनसँग गासिएको सवालको जवाफ दिँदैन र जनताले सुविधा पाउँदै पाउँदैनन् । अर्को विषय हो चालक, शिक्षक, राजनीतिकर्मी, प्रहरी र सेना यी संवेदनशील क्षेत्रमा राष्ट्रले ए ग्रेडका मान्छे छानेर पठाउनु पर्ने हो , तर उल्टो भइरहेको छ । विद्वताको ज्ञान विकासले फड्को मारेको पनि हामी हेरी राखेका छौँ । तर, शिक्षा योग्यता र क्षमतालाई लातमारी अगाडि बढ्न खोजिएको छ ।

यस्तो प्रवृत्तिले विनास बाहेक के नै निम्त्याउँछ र ? शैािक्षक योग्यता पुग्न नसकेका शिक्षक, राजनीतिकर्मी र सवै तह तप्कामा ल्याप्चे छाप चुन्ने प्रणाली नितिको ठाउँमा कुनीति शिक्षाको ठाउँमा कुशिक्षा आउनु जरुरी नै हो हामील नै हो, हामीले जे छर्दछौँ त्यो काट्दछाँै डाइभर त्यो ड्राइभर बन्न जरुरी छ जसले नैतिक शिक्षा आचार विचार आमा, बुबा, दाजुभाई दिदीबहिनी र धर्म सनातनका कुरा बुझ्न सकोस् र देश र जनताको भूगोल बुझ्न सकोस् र अब्बल निष्ठा काष्ठका साथ यातायातको सेवा समर्पित रहोस् त्यो ड्राइभर कही रोजगारी नपाई प्रहरी आर्मी शिक्षक र राजनेता नवानोस् भूतमा इतिहाको ज्ञान भएको वर्तमानमा अब्बल सेवा दिन सक्ने कुशल प्रशासक आचार विचार र संस्कारमा पोख्त नैतिक धरातलको विज्ञ भूगोल धर्ममा पोख्त योजनाकार नीतिकार मिसन र भिजन भएको कानुन नीति विचार र संस्कार नैतिकता भएका, योग्यता र क्षमतामा दक्ष भएको जनशक्ति जबसम्म शिक्षक राजनेता प्रहरी आर्मी ड्राइभर बन्दैनन् तबसम्म भविष्यको आँकलन नै हुन सक्दैन ।

जबसम्म खरिद ऐन निश्पक्ष निष्कलंकित बन्दैन तबसम्म यी कमजोर जन शक्तिबाट कुशल जनसेवा प्राप्त हँुदै हुँदैन ठेकेदारले कमिसन कतिसम्म खाने र सडकको काम कति प्रतिशत उक्त रकमबाट ग्रेडअनुसार बन्न सक्ने र ड्राइभरले जनताका हकअधिकार बुझ्न कति सक्षम रहने र योग्यता कतिसम्म चाहिने मादक वस्तु पेय वस्तु खाई मात्तिई सवारी साधन चलाउन पाउने नपाउने र जनताको सवारी भाडा लिई सम्बन्धित गन्तव्यमा जनतालाई पु¥याउने नपु¥याउने र पैसा लिईसकेपछि जनतालाई गर्ने व्यवहार के हो जान्न र पहिचान्न सक्ने दक्ष र योग्य व्यक्तिबाट प्रतिस्पर्धाको आधारमा ड्राइभर नियुक्त गर्ने प्रणाली र योजना–योजनाकार शिक्षक राजनेता आर्मी पुलिसमा शैक्षिक योग्यता लागु हुन सक्दैन तबसम्म असल विचार, असल संस्कार, असल नैतिकता, असल सडक, असल ठेकेदार, असल नीति निर्माता र कुशल प्रशासक योजनाकार देशले पाउन सक्दैन र सडकमा अकाल मृत्यु भई नै रहन्छ ।

किन त भन्दा देशमा अहिले सडक सञ्जाल भन्दा अन्यत्र विकासको सम्भावना नै छैन सडक मात्र विकास हो र सडकले मात्र सम्पूर्ण विकास अँगालेको छ भन्ने मान्यता हाबी भए अन्तर्गत देश भरि लाखाँै सडक सञ्जाल छन् ट्रयाक मात्र खुलेका तर मार्गदर्शन र सेवा भुलेका सडकमा मादक पेय वस्तु सेवन गरी र आजको विकासको जमानमा अल्लारे युवायुवतीहरूको अज्ञानको पराकाष्ठा नाघ्दा र सवारी चालक आफू मालिक यात्री नोकरको भावना अंगाल्दा र मापदण्डभित्र रही सीमा अवधिमा गुणस्तरीय सडक सञ्जालमा पहुच नरहँदा सडकले निम्त्याएको दुर्घनाले अकाल मृत्युवरण गर्न पुग्दैछन् ।

जबसम्म योग्यता क्षमता र कार्यान्वयन पक्षले निष्पक्षता निस्वार्थता नातावाद कृपावादको असर पहिचान गर्न सक्दैन तबसम्म निर्माण गर्ने कम्पनी फर्म ठेकेदार र खरिद ऐन निष्पक्ष हुन सक्दैनन् , ए ग्रेड पछाडि धकेलिई राख्ने,फितलो सेवा प्रवाह हँुदा जनताको ज्यानको बाजी दाउमै रहने र रहिरहनेछ अकाल मृत्यबाट जनतालाई मुक्ति दिलाउन असल विचार असल संस्कार इकोसिस्टम र धार्मिक परिभाषामा वेद विचार र नैतिक शिक्षाको पाठ पढन पनि त जरुरी छ आज एउटा असल पत्रकारले ज्यान गुमाए असल योग्यता क्षमता र ग्रेडको सडक नहुँदा र चालकको लापरवाहीको सिकार आदिका कारण उहाँ जस्ता लाखाैँ लाख जनता असल योग्यता क्षमता नैतिकता र आचार विचार संस्कार नहुँदा अकालमा सास्ती भोग्न र जीवनको अहुति सडकमै दिन विवस छन् ।

असल चालक असल सडक असल नीति योजना नभएकै कारण हत्या हिंसा बलात्कारको थलो बन्न पुगिराखेको छ आज नेपाल प्रकृतिले अथाह जडीबुटी जल जंगल र अनेकौँ नदीनाला र नेपाल आमाको गर्भमा रहेका अनेकौँ खानी वेद विचारले भरिपूर्ण देशमा उन्मादको सिकार नेपाली जनता भई राख्नु भनेको पापको आहुति पुण्य भूमिमा दिईराख्दा विकृत संसार जस्तो देखिएता पनि नेपाल आमा नेपालै रहने छिन् पशुपति नै रहने छन् सिता माता सिता माता नै रहने छिन् र चरम कलिको अन्त्य भई आखिर नेपाली धर्ति अविपत्र हुने छैनन् भन्दै पत्रकार श्री नन्द बहादुर गोलाङको आत्माले चीर शान्ति पाई आश्रित परिवारले नेपाल सरकारबाट उचित न्याय पाई आफूमा आश्रित परिवारको भविश्य उज्जल गर्न र छोराछोरीको पठन पाठनको उचित व्यवस्था हुन र दोषीलाई दण्ड हुन म लेखक समेतका जनता माग गर्दछौँ ऊ नमोः भगवते वाशुदेवायः ।

प्रतिक्रिया