एनआईसी एशियाले थप्यो शाखा रहित सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका ८ सिउरेनीटारमा आपm्नो ४१ औंं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी गाउँपालिका ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन । बैंकले मुलुकभर २ सय ९० शाखा कार्यालयहरु, ३ सय २ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया