मलेसियासँगको खेल्न नेपाल तयार

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार घरेलु टोलीविरुद्ध पहिलो अन्तर्रा्ष्ट्रिय ट्वान्टी(२० क्रिकेट खेल्दैछ । सिंगापुरमा हुन लागेको आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको तयारीमा मलेसिया पुगेको नेपालले दुई अन्तर्रा्ष्ट्रिय ट्वान्टी–२० क्रिकेट अन्तगर्त भोलि पहिलो खेल खेल्न लागेको हो ।

क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा नेपाली समयअनुसार खेल बिहान पौने ८ बजे सुरु हुनेछ । केही साताको अभ्यासपछि मलेसिया पुगेको नेपालको लक्ष्य मलेसियासँग जित र एसिया छनोट हुने हो । गत जनवरीमा युनाइटेड अरब इमिरेट्स ‘युएई’सँगको एकदिवसीय सिरिज र ट्वान्टी(२० सिरिजपछि नेपाल ट्वान्टी–२० क्रिकेट खेल्न लागेको हो । नेपाल आईसीसी वरीयतामा ११ औं स्थानमा छ भने मलेसिया ३५ औं स्थानमा छ ।

भारतीय उमेश पटवाल प्रशिक्षकमा नियुक्तपछि उत्साहित टोली ट्वान्टी(२० विश्वकप खेल्ने रणनितीसहित विदेश भ्रमणमा निस्किएको हो । नेपालले मलेसियासँग दोस्रो अन्तर्रा्ष्ट्रिय ट्वान्टी–२० क्रिकेट आइतबार खेल्नेछ । कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, प्रदिप ऐरी, बिनोद भण्डारी र सोमपाल कामी छन् । सन्दीप लामिछानेसँगै दिपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, अभिनास बोहरा, करण केसी, ललितनारायण राजवंशी र पवन सर्राफ छन् ।

प्रतिक्रिया