काठमाडौँमा पर्खाल भत्किएर पुरिँदा तीनको मृत्यु

काठमाडौँ । काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ ।

बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पुर्याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको हो ।

उनका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीया नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो ।

प्रतिक्रिया