बैंग्लोरमा भवन ढल्दा एकै घरका तीन नेपालीको मृत्यु

कठमाडौँ । निर्माणाधीन भवन ढल्दा भारतको बैंग्लोरमा एकै घरका तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति निर्माणधिन भवन ढल्दा नेपालको बझाङ घर भएका एकै परिवारका तीन नेपालीसहित एक भारतीयको पनि मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगडाका नारायण खड्का, उनकी श्रीमती मञ्जु र छोरी अनुष्कासहित एक बिहारका नागरीकसमेत रहेका छन् । उक्त घटनामा सोही भवनबाट सात व्यक्तिको उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया