बिग्रेड ब्वाइज क्वार्टरफाइनलमा

काठमाडौं । ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार भएको खेलमा बिग्रेड व्बाइजले नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित ग¥यो ।

ब्रिगेडको जितमा रेजिन सुब्बा, व्रिजेश चौधरी र शिशिर लेखीले एक एक गोल गरे । रेजिन सुब्बा पहिलो पटक ब्रिगेडको जर्सीमा देखिएका हुन् । तेस्रो संस्करणको प्रतियोगिता नखेलेका उनी त्यस अघिको संस्करण नेपाल पुलिसबाट खेलेको थिए ।

यस्तै ब्रिगेडबाट आज प्रियम सर्दा खेलेका थिए । उनी पनि पहिलो पटक टिमका समावेश भएका हुन् । पराजित पुलिस यस अघिनै क्वार्टरफाइलन पुगिसकेको छ । समूह सीको खेलसँगै ब्रिगेडको ३ खेलबाट स्पष्ट ९ अंक जोड्यो । यस्तै पुलिसको ३ खेलबाट ६ अंक रह्यो । एक खेल खेल्न बाँकी सरस्वती र जावलाखेल अंकविहीन छन् ।

प्रतिक्रिया