एजेन्सी, इस्लामावाद । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा टोली आठ स्थानमा रहेपछि बंगलादेशले मुख्य प्रशिक्षक स्टीव रोड्सलाई बिदाइ गरेको छ । दुई वर्षको करारमा बंगलादेशी क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका रोड्सलाई समय बाँकी रहँदै बिदाइ गरिएको हो ।
२०१८ को जुलाइमा कार्यभार सम्हालेका उनले २०२० मा हुने आइसिसी ट्वान्टी–२० विश्वकपसम्म टोली हेर्नुपर्ने थियो । तर इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप टोलीले गरेको प्रदर्शनलाई मध्यनजर गर्दै आपसी सहमतिमा सम्झौता रद्द गरिएको छ ।
एएफपीसँग कुरा गर्दै बंगलादेश क्रिकेट बोर्डका सिईओ निजामउद्धीन चौधरीले आपसी सहमतिमा सम्झौता रद्द गर्ने निर्णय गरिएको र यो निर्णय तत्काल लागु हुने बताएका छन् ।
विश्वकपमा बंगलादेशले राम्रो प्रदर्शन गरेको थियो । लिग चरणको अन्तिम समयमा बंगलादेश सेमिफाइनलको रेसमा भए पनि असफल भएको थियो । बंगलादेशी क्रिकेट टोली यही महिना श्रीलंका भ्रमणमा जाँदैछ । त्यहाँ श्रीलंकाले तीन एकदिवसीय सिरिज खेल्नेछ । श्रीलंका जानुअघि बंगलादेशले कसलाई प्रशिक्षकको जिम्मेवारी दिनेबारे समर्थकमा चासो छ ।
प्रतिक्रिया