काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्यसचिव पदमा रमेश सिलवाल नियुक्त भएका छन् । नेपाल भलिबल संघको सिफारिसमा राखेपको बोर्ड सदस्य नियुक्त भएका सिलवाललाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले चार वर्षका लागि नियुक्त गरे ।
आजै सपथ लिने नव नियुक्त सिलवालले मंगलबार पदभार ग्रहण गर्नेछन् । आइतबारनै सिलवाललाई राखेप बोर्ड सदस्यमा नियुक्त गर्न भलिबल संघले मन्त्रीलाई सिफारिस गरेको छ ।
प्रतिक्रिया