उत्तर प्रदेशमा भयानक दुर्घटना, २७ को मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको र अरु १५ यात्रु गम्भीर घाइते भएका छन् ।

भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउ जान लागेको उक्त बस खोँचमा खसेको थियो । सोही दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको जनाइएको छ ।

सोमबार बिहान आगरा पुगेपछि उक्त बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको हो । प्रहरीले उद्धारको काम कठिन भएको बताएको छ । आगरा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारले सो बस दुर्घटनाको पुष्टि गरेका छन् । उनले २७ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइते १५ लाई निकै गाह्रोगरी उद्धार गरेर अस्पतालसम्म पुर्याइएको जानकारी दिए ।

गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको उनले बताए । उनका अनुसार घटनाको केही समयमै प्रहरी पुगेपनि अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया