भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

नयाँ दिल्ली । केन्द्रीय समितिलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गर्दै भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

लोकसभाको चुनावमा नराम्रोसँग हार व्यहोरेका अध्यक्ष गान्धीले आफ्नो पार्टीले ढिलो नगरीकन नयाँ नेतृत्वको टुंगो लगाउनुपर्ने धारणासहित पदबाट राजीनामा दिएका हुन् । उनले भने, ‘मैले राजीनामा बुझाइसकेको छु, अब म अध्यक्ष रहिन्, ‘लोकसभाबाट बाहिर निस्कँदै राहुलले पत्रकारहरूसँग करा गर्दै भने ।

उनको राजीनामाले केन्द्रीय कार्यसमितिलाई नयाँ नेतृत्व चयन गर्न दबाब बढेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । गान्धीले गत मे २५ तारिकमा नै केन्द्रीय समितिलाई पार्टी नेतृत्वबाट अलग्गिने बताउँदै आएका थिए।

प्रतिक्रिया