काठमाडौं । सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा १११औं शाखा संचालनमा ल्याएको छ । यसै क्रममा मंगलवार आयोजित औपचारिक कार्यक्रमा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रूपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यो समेत गरी बैंकको शाखा संख्या १ सय ११ वटा पुगेको छ । साथै बैंकले नेपालअधिराज्य भर ३६वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२५ वटा एटिएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया