काठमाडौं । दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराँते च्याम्पियनसिपमा कांस्य पदक विजेता समिरलाई बिहिवार अन्तर्राष्ट्रिय एर्यरपोर्टमा भब्य स्वागत गरेका छन् । म्यानमारको रंगुन सहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेका थिए ।
कीर्तिपुर स्थत पुष्पसदन स्कुलमा कक्षा ९ मा अध्यायनरत समीर लगायत नेपाली टोलीका प्रमुख राजकुमार गुरुङ, प्रशिक्षक सुमन गजुरेल लगायतलाई पुष्पसदन स्कुलका संस्थापक अध्यक्ष महेश श्रेष्ठ,संघ प्रतिनिधि,परिवारजन र खेलाडीहरूले स्वागत गरेका थिए ।
समीरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए ।
त्यसअघिको पहिलो चरणमा भने उनले घरेलु प्रतिद्वन्द्वी हेइन नान्द क्यावलाई पन्छाएका थिए । नेपालका लागि ७० केजीमाथि प्रतिस्पर्धा गरेका नारायणलाल मोक्तान भने पदकविहीन घर फर्किएका छन् ।
प्रतिक्रिया