काठमाडौं । केही समयदेखि गायक शम्भु राई र प्रकाश सपूतबीच जारी विवाद टुंगिएको छ । लोकगीत ‘गलबन्दी च्यातियो’ गीतलाई लिएर सामाजिक सञ्जालमा आइरहेका समुदायगत विभेदमाथि सांसदमा समेत बहस भएको थियो । गायक राईले ०४८ सालमा आफूले गाएको ‘देउसी भैलो’ गीतको लय ‘गलबन्दी’ सँग मिलेको भन्दै नेपाल प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालयमा मुद्दा दर्ता गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले दुवै गायकलाई सहमतिमा आउनका लागि तीन दिनको समय दिएको थियो । यहीबीचमा गायकद्वय राई र सपूतबीच सहमति भएको हो । सहमतिअनुसार गीतमा ‘क्रिएसन शम्भु राई’ र ‘रि–क्रिएसन’ प्रकाश सपूत राखिने भएको छ ।
प्रतिक्रिया