सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।  राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा कञ्चनपुरमा जारी प्रतियोगितामा मंगलबारको खेल रद्द हुँदा समूहको विजेताको रूपमा सेमिफाइनल पुगेको सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिम समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो ।

महेन्द्रनगरस्थित कभर्डहल क्रिकेट मैदानमा वर्षाले गर्दा मैदान खराब भएपछि मंगलबार तय भएको सुदूरपश्चिम प्रदेश र प्रदेश–२ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको थियो । अब सुदूरपश्चिमले फाइनलमा प्रदेश–१ र एपीएफ बीचको विजेतासँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
असार ४ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । ७ प्रदेश तथा १ विभागीय टिम एपीएफको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार प्राप्त गर्नेछन् भने विधागत रूपमा उत्कृष्ट हुनेलाई जनही समान १५–१५ हजार नगद प्रदान गरिने छ ।

प्रतिक्रिया