यस्तो छ बुटवल, तिलोत्तमा, धनपालथान र विराटनगरको बजेट

बुटवलको १ अर्ब ९० करोड

बुटवल । बुटवल उपमहानगरपालिकाले आव ०७६÷७७ का लागि १ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ १ अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्षभन्दा करिब ३५ करोड बढी रकमको बजेट प्रस्तुत गरिएको हो । बुटवल उपमहानगरले गत आवमा १ अर्ब ६६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । नगरसभाको पाँचौँ अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७६÷७७ का लागि १ अर्ब ९० करोड बजेट प्रस्तुत गरिन् ।

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवलः खुसी जनता’ रहेको उल्लेख छ । उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसँगै यो आकारको बजेट प्रस्तुत भएको हो । पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई बुटवलको समृद्धिको आधार मान्दै योजना कार्यान्वयनको वर्ष रूपमा लिँदै बुटवलले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

बजेटको स्रोतका रूपमा स्थानीय आन्तरिक स्रोत (कर, सेवा शुल्क, दस्तुर) तर्फ जम्मा ५१ करोड ९४ लाख ४० हजार, राजस्व बाँडफाँडतर्फ जम्मा १६ करोड ७४ लाख १४ हजार, संघीय सरकारको तर्फबाट प्राप्त हुने समानीकरण, ससर्त, पुँजीगत अनुदानसमेत १ अर्ब १ करोड ३१ लाख, प्रदेश सरकारको तर्फबाट प्राप्त हुने जम्मा १० करोड ७५ लाख ९६ हजार, अन्य आय जम्मा ५ करोड ७४ लाख ५० हजार, गत वर्षको अल्या जम्मा ३ करोड ५० लाखसमेत गरी जम्मा आम्दानी १ अर्ब ९० करोड रुपैयाँ हुने अनुमान गरिएको उल्लेख गरिएको छ ।

बुटवलको प्रस्तुत बजेटबाट पूर्वाधार विकासका लागि ३५ करोड ९८ लाख २५ हजार छुट्टाइएको छ । यस्तै वन वातावरण, हरियाली प्रवद्र्धन सरसफाइ तथा विपद् व्यवस्थापन एवं सूचना प्रविधिका लागि ४ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । यसैगरी वडास्तरीय कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन भएको छ ।

सामाजिक विकास र सामाजिक सुरक्षातर्फ २६ करोड, शिक्षा, युवा तथा खेलकुद र जनस्वास्थ्यमा २९ करोड ३२ लाख ४२ हजार रुपैयाँ र स्वास्थ्यका लागि ४ करोड ४० लाख ५० हजार रकम विनियोजन भएको छ । यस्तै स्थानीय सेवा मानव संसाधन तथा सुशासन प्रवद्र्धनतर्फ २८ करोड २६ लाख, राजस्व प्रशासन सुधार, सार्वजनिक निजी साझेदारी विभाज्य तथा वित्तीय सेवा समेतका लागि सात करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सामाजिक सुरक्षा तथा समाज कल्याण, युवा खेलकूद, भाषा, साहित्य, संस्कृति, स्थानीय सेवा, मानव संशाधन तथा सुशासन प्रवद्र्धनजस्ता क्षेत्रलाई बजेटको केन्द्र भागमा राखेर विनियोजन प्रस्ताव गरिएको छ । नगरसभामा आर्थिक विकास समितिका संयोजक टंकप्रसाद पराजुलीले आर्थिक विधेयक–२०७६ प्रस्तुत गरेका थिए ।

तिलोत्तमाको १ अर्ब ५४ करोड
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव ०७६÷७७ को लागि १ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले १ अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी आवका लागि प्रस्तुत गरिएको बजेट चालु आवभन्दा झन्डै १९ करोड बढी छ । आव ०७५÷७६ मा तिलोत्तमाले १ अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख अर्थात् ३४ दशमलव ५९ प्रतिशत र पुँजीगत खर्चतर्फ १ अर्ब ९९ लाख ४० हजार अर्थात् ६५ दशमलव ४१ प्रतिशत रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगर ः खुसी नगरबासी’ रहेको बताइन् । बजेटमा आम्दानी स्रोतको रूपमा आन्तरिक राजस्वबाट ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् २ करोड ५० लाख, गत वर्षको मौज्दात एक करोड रहेको छ ।

शिक्षातर्फ सबैभन्दा बढी अर्थात् ३१ करोड ६६ लाख २७ हजार विनियोजन गरिएको छ । यसमा शिक्षक, कर्मचारीहरूको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरूको भवन तथा पूर्वाधार निर्माणमा ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

यसैगरी स्वास्थ्यतर्फ ५ करोड ३३ लाख ७६ हजार, कृषि, पशुपालन र सिँचाइतर्फ ७ करोड २७ लाख ५७ हजार रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नति, गतवर्ष पूरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि ३६ करोड ८६ लाख ६५ हजार विनियोजन गरिएको छ ।

तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोसेली घर, सीपमूलक तालिम सञ्चालन समेतका कार्यक्रम कार्यान्वयन गर्न १ करोड १२ लाख रकम विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा ४ करोेड १५ लाख, खेलकुद र युवातर्फ १ करोड ९७ लाख ३० हजार रकम विनियोजन गरिएको छ ।

लंैगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १७ करोड ८७ लाख रकम छुट्टाएको तिलोत्तमा नगरपालिकाले खानेपानी तथा सरसफाइमा ६८ लाख, फोहोरमैला व्यवस्थापनमा ५० लाख रकम विनियोजन गरेको छ । नगरस्तरीय योजनाबाहेक जनसंख्या, क्षेत्रफल, खर्चको आवश्यकता, राजस्व परिचालन क्षमता समेतलाई दृष्टिगत गरी प्रत्येक वडालाई बजेट विनियोजन गरिएको छ ।

विराटनगरको ५ अर्ब १२ करोड
विराटनगर महानगरपालिकाले आव ०७६÷७७ का लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार अनुुमानित आय व्ययको वजेट प्रस्ताव गरेको छ । महानगरपालिकाको मंगलबार आयोजित चौथो नगरसभामा सो बजेट प्रस्ताव गरेको हो ।

महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले नगरसभामा बजेट प्रस्ताव गरेका थिए । आगामी आवका लागि महानगरपालिकातर्फ ३ अर्ब २९ करोड ४९ लाख १२ हजार र मझौला सहर एकीकृत सहरी वातवरणीय सुुधार परियोजना तथा क्षेत्रीय सहरी विकास परियोजनातर्फ १ अर्ब ८२ करोड ८१ लाख ७८ हजार गरी ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट प्रस्ताव गरिएको महानगर प्रमुुख पराजुुलीले जानकारी दिए । बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा विकास निर्माणलाई जोड दिइएको छ ।

महानगरको नगरसभाको उद्घाटन गर्दै प्रदेश–१ का प्रदेशप्रमुुख प्राडा गोविन्दबहादुुर तुुम्बाहाङले महानगरको विकासका लागि बजेट फलदायी भएकाले बजेट कार्यान्वयनमा जोड दिए । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विकास निर्माणमा प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश–१ का प्रमुुख सचिव सुुरेश अधिकारी, महानगरपालिका उपप्रमुुख इन्दिरा कार्की, नेकपाका नेता बाबुुराम कार्कीलगायतले महानगरको विकासमा जोड दिए ।

धनपालथानको ३७ करोड ८० लाख
मोरङको धनपालथान गाउँपालिकाले आगामी आव ०७६÷७७ का लागि ३७ करोड ८० लाख १५ हजारको अनुुमानित बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको मंगलबार आयोजित चौथो गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष नसिमा वानोले बजेट प्रस्ताव गरेकी थिइन् ।

नेपाल सरकारको वित्तीय समानीकरणतर्फ १२ करोड ५५ लाख, राजस्व बाँडफाँड ८ करोड ९७ लाख, प्रदेशसभाको वित्तीय समानीकरण ७४ लाख ५१ हजार, प्रदेससभाको राजस्व बाडँफाँड सवारी सााधन बापतको ६३ लाख ६४ हजार, आन्तरिक स्रोत अनुुमानित १ करोड ५९ लाख ससर्त अनुुदानतर्फ १२ करोड ८१ लाख तथा गत आवको बाँकी रकम ५० लाख गरी कुुल ३७ करोड ८० लाख १५ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए ।

ससर्त अनुुदानतर्फका गरिबसँग विश्वश्वर कार्यक्रम, एलजिसिडिपी, निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा तराई–मधेस समृद्ध कार्यक्रम विवरण आएपछि व्यवस्थापन गर्ने गरी बजेट प्रस्तावित गरिएको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत लोचनप्रसाद दाहालले बताए ।

बजेटमा गाउँपालिकाले कालोपत्रे सडकलाई विशेष महत्व दिएको छ । संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा चार वटा महत्वपूर्ण सडकलाई किटानी गरेर चार करोड रकम पुरक कोषमा विभाजन गरिएको छ ।

ससर्त अनुुदानवाहेक बजेटमा शिक्षा शाखालाई एक करोड, कृषि शाखा ७० लाख, स्वास्थ्य शाखालाई ६० लाख तथा पशुुपंक्षी विकास शाखालाई ६० लाख बजेट विनियोजित गरिएको छ । गाउँसभाको उद्घाटन गर्दै सांसद शिवकुुमार मण्डलले बजेट कार्यान्वयनमा जोड दिए । कार्यक्रममा प्रदेश–१ प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी, कांग्रेस नेता गयानन्द मण्डलले शुुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया