ग्लोबल बैंक र एनएलजी इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनी बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनएलजी इन्स्योरेन्स कम्पनी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३७वटै शाखाहरु मार्फत एनएलजी इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथाराजश्व संकलन काउण्टर, १४४ एटिएम, १६० शाखारहित बैकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ

प्रतिक्रिया