कविताको दोहोरो प्रदर्शनमा सुदूरको दोस्रो जित

काठमाडौं । कञ्चनपुर र कविता कुवँरको दोहोरो प्रदर्शनमा प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले दोस्रो सहज जित निकालेको छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा चलिरहेको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले प्रदेश ५ लाई ५१ रनले पराजित गरेको हो ।

टस हार्दै ब्याटिङको निम्तो पाएको सुदूर पश्चिमप्रदेशले १६ दशमलव १ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय रन जोडेको थियोे । सुदुरपश्चिमका लागि कविता कुँवरले २५ बल खेल्दै सर्वाधिक ४३ रन जोड्दै ८ चौका हिर्काएकी थिइन् । त्यस्तै कविता जोशीले २ चौका हिर्काउँदै १९ रन जोड्दा अरू ब्याट्सवुमनले दोहोरो अंकमा रन जोड्न नसक्दा १ सय रनमा समेटिएको थियोे । बलिङतर्फ प्रदेश–५ का लागी नेरि थापा र एलिशा थापाले समान ३–३ विकेट प्राप्त गरिन ।

१ सय १ रनको लक्ष्य पाएको प्रदेश ५ ले १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४९ रनमा समेटिएको थियोे । प्रदेश ५ का लागि लक्ष्मी चौधरीले सर्वा्धिक १२ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंगमा जोड्न नसक्दा ५१ रनले हार बेहोर्नु र्पयो । बलिङतर्फ प्रदेश ५ लाई सस्तोमै समेट्न सुदूरपश्चिम प्रदेशका लागि कप्तान जानकी भट्टले सर्वाधिक ३ विकेट चट्काउदा कविता कुवँर, सुमन विष्ट र लक्ष्मी साउदले समान २–२ विकेट र कविता जोशीले १ विकेट प्राप्त गरेकी थिइन् ।

सुदूरपश्चिमको जितमा ४३ रन सहित २ विकेट लिँदै दोहोरो प्रदर्शनकी कविता कुँवर लगातार दोस्रोपटक प्लेयर अफ द म्याच घोषित भइन् कवितालाई कञ्चनपुर ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया