डाक्नेश्वरी र रूपनीबीच उपाधि भिडन्त

राजविराज । राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनमा प.बि.मा.बि.को क्रिकेट मैदानमा सञ्चालित सप्तरी प्रिमियर लिग सिजन–२ अन्र्तगतको अन्तिम लिग खेलमा डाक्नेश्वनरीले रोमान्चक खेलमा तिलाठी कोइलाडीलाई ३ रनले पराजित गर्दै आइतबार हुने फाइनल खेलको लागि आफ्नो स्थान पक्का गरेको छ ।

फाइनलमा पुग्न दुवै टोलिलाई जित महत्वपूर्ण रहेको अवस्थामा तिलाठी कोइलाडी जाईन्टसले टस जिती पहिलो बयाटिंगको लागि डाक्नेश्वरी राईडसलाई ब्याटिंगको लागि निम्तो दिए पछि ब्याटिंगको लागि मैदानमा ओर्लेको डाक्नेश्वरीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाई १ सय २ रनमै समेटिएको थियो । डाक्नेश्वरीका लागि राहुल मण्डलले २५, चित्र बहादुर विष्ट २०, रोबिन सिंह १३ तथा प्रेम तामाङले १० रनको योगदान दिएका थिए ।

डाक्नेश्वरीलाई सस्तोमा समेटन तिलाठी कोइलाडीका तर्फबाट कमल ओलीले ४ ओभरमा ९ रन दिई ४ विकेट लिएका थिए भने विकास दास र सुनिल धमलाले सामान २ विकेट तथा रोहित सिंह र अनिल यादवले सामान १ विकेट लिएका थिए । डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले सर्वाधिक २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके ।

तिलाठी कोइलाडी जाईन्टसलाई सस्तोमा समेटन डाक्नेश्वरीका रोबिन सिंहले घातक बलिङ गर्दै ४ ओभरमा १९ रन दिई महत्वपूर्ण ४ विकेट लिएका थिए भने राहुल मण्डलले २ विकेट तथा चित्र बहादुर बिस्ट र दिपेश कंडेलले सामान १ विकेट लिए ।

लिग चरणको खेल सकिंदा अंकतालिकामा रुपनी राइडर्स ४ खेलमा ३ जित र १ नतिजाविहिन अंकसहित ७ अंक बटुल्दै शीर्षस्थानमा रह्यो ।
यस्तै ४ खेलमा ३ जित र १ हार बेहोरेको डाक्नेश्वरी ६ अंक बटुल्दै दोश्रो स्थानमा रह्यो । तिलाठी कोइलाडी र बोदे बर्साइनको ३–३ अंक रह्यो भने डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्स जित विहिन रहँदै अंकतालिकाको पुछारमा रह्यो । प्रतियोगिताको फाइनल खेलमा सोमबार दिउँसो १२ बजे मेहबुब आलम कप्तानको रूपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनबीच खेलिनेछ । लिगको विजेताले २ लाख तथा उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया