चिली शीर्ष स्थानमा

एजेन्सी, अमेरिका । कोपा अमेरिका फुटबलमा समूह ‘सी’मा रहेको चिलीले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।  शनिबार भएको समूह ‘सी’ मा चिलीले इक्वेडरलाई २–१ ले हराएको थियो । प्रतियोगितमा चिलीको यो लगातार दोस्रो जित हो र टोली ६ अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा छ । उरुग्वे समान खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ भने १ अंक जोडेको पाहुना टोली जापान तेस्रो र अंक विहिन इक्वेडर अन्तिम स्थानमा छ । यसअघि समूहको पहिलो खेलमा चिलीले जापानलाई ४–० ले हराएको थियो । दुई खेलमा १ जित र १ बराबरीको नतिजा ल्याएको उरुग्वेले पहिलो खेलमा इक्वेडरलाई हराउँदा शुक्रबार जापनासँग २–२ को बराबरी खेलेको थियो ।

खेलको आठौँ मिनेटमा जस फर्नान्डेजले गरेको गोलमा साबिकको विजेता चिलीले अग्रता लिएको थियो । तर २६औँ मिनेटमा इनर भ्यालेन्सीयाले पेनाल्टी गोलमा इक्वेडरलाई खेलमा फर्काएका थिए । ५१ औँ मिनेटमा सान्चेजले गरेका गोल चिलीलाई प्रतियोगितमा लगातार दोस्रो जितका साथ अन्तिम आठमा स्थान पक्का गर्न पर्याप्त बन्यो । खेल सकिन १ मिनेट बाकी हुँदा ग्याब्रियल एच्लेयर रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि चिलीले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

सान्चेजले गत सिजन म्यानचेस्टर युनाइटेडबाट मात्र ९ खेल खेलेका थिए भने एक गोल मात्र गरेका थिए । तर, जारी कोपा अमेरिकामा भने सान्चेजले लगातार दोस्रो खेलमा गोल गरिसकेका छन् । चिली दुई खेलको समाप्तिपछि प्रतियोगितको अन्तिम ८ मा प्रवेश गर्ने दोस्रो टोली हो । यसअघि कोलम्बियाले पनि लगतार दुई जितपछि क्वाटरफाइनमा स्थान पक्का गरिसकेको छ ।

त्यो अग्रतालाई चिलीले अन्तिम समय सम्म जोगाउँदै लागतार दोस्रो जित हात पार्न सफल भयो । इक्वेडर अन्तिम समयमा भने १० खेलाडीमा सीमित भएको थियो । उसका ग्रावियल एचियर रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । यो समूहमा उरुग्वे दोस्रो स्थानमा छ भने जापान तेस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हारपछि इक्वेडरको भने शीर्ष २ मा बस्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना न्यून बनेको छ ।
अन्तिम खेलमा जापनलाई भारी गोलअन्तरमा पराजित गर्नुका साथै उरुग्वेलाई चिलीले पनि राम्रो गोलअन्तरमा हराएको हुनु पर्नेछ । ‘हाम्रो यात्रामा पूर्णविराम लागिसकेको थिएन’,भ्यालेन्सियाले भने, ‘हामी जापानविरुद्धको खेलमा जितको लक्ष्यमा हुने छौँ । हेराँै हाम्रो यात्रा कहाँसम्म जान्छ ।’

प्रतिक्रिया