नेपालमा स्काउटको सुरुवात

ओरेगन विश्वविद्यालयको अध्ययनको अन्त्यतिर, सन् १९५७ मा प्रा.‘ज्या–पू’ ले ‘व्वाय स्काउट इन्टरनेसनल ब्युरो’ लन्डन, ग्रेट ब्रिटेनमा नेपाल स्काउटलाई आवद्ध गराउन माटोले बनेको मूर्ति (स्काउट मोडल अफ क्ले) सहित एक पत्र पठाउनुभयो । तत्कालै इन्टरनेसनल स्काउट ब्युरोले आफ्नो फिल्ड कमिसनार गेराल्ड भिक्टोर फर्नान्डो (श्रीलंकाली नागरिक) लाई नेपालमा गएर आवश्यक कार्य गर्न लिखित निर्देशन दियो । प्रा.‘ज्या–पू’ मार्फत नेपालको ‘व्याय एन्ड गर्ल स्काउट’ बारेमा सन् १९५२ को सुदूरपूर्व क्षेत्रको बिएसआइबीको बुलेटिन र अन्य पत्रिकामा पनि प्रकाशित गरिएको छ । यसपश्चात् नै ‘नेपाल स्काउट एन्ड गाइड्स’ इन्टरनेसनल ब्युरोसँग जोडिन गयो र निरन्तर सम्पर्कमा रहिरह्यो

सन् १९३५–१९४० ताका डा. त्रैलोक्यनाथ उप्रेती बनारस हिन्दू हाई स्कुलमा अध्ययनरत हुनुहुथ्यो । सोही समयमा वहाँले ‘भारत स्काउट एन्ड गाइडस’ बाट ‘ब्वाइज स्काउट’ तालिम लिनुभयो । सन् १९३७ मा भारतको राजधानी नयाँ दिल्लीमा पहिलो ‘अल इन्डिया स्काउट ज्याम्बोरी’ मा वहाँ सहभागी हुनुभएको थियो । एक असल स्काउट साथै, सदा खुसी, फुर्तिलो र मिलनसार व्यक्तित्वका धनी वहाँले त्यहाँ थुप्रै साथी बनाउनुभयो र सधैँ असल काम गर्न थाल्नुभयो ।

नेपाल जहाँनीय राणा शासनबाट मुक्त भएसँगै प्रजातन्त्रको बाटोमा उन्मुख थियो । तत्कालीन राजा त्रिभुवन र शिक्षा सम्बन्धी अन्य सरकारी अधिकारी तथा अधिकृत नेपाललाई कसरी प्रजातान्त्रीकरणतर्फ अग्रसर गराउने भन्ने सोच्दै थिए । स्काउट तालिमप्राप्त त्रैलोक्यनाथ उप्रेती उक्त समय शिक्षा मन्त्रालयमा उपसचिवको पदमा कार्यरत् हुनुहुन्थ्यो । प्रजातान्त्रिक नेपाली जनताका लागि स्काउटको तालिम उत्तम हुन्छ भन्ने वहाँको सुझावलाई शिक्षा मन्त्रालयका अधिकारी र तत्कालीन राजा त्रिभुवनले सकारात्मक रूपमा लिए ।

तत्कालीन समयमा नेपालमा स्काउट तालिम दिने व्यक्ति नभएकाले भारतका ‘नेसनल अर्गनाइजिङ कमिसनार’ र ‘नेसनल क्याम्प चिफ’ का साथै ‘भारत स्काउट तथा गाइड’ का धरोहर स्काउटर श्रीराम बाजपेयीलाई नेपाल आमन्त्रण गरियो । स्काउटका क्रियाकलापको प्रदर्शनी तथा प्रशिक्षणको उद्देश्यले तालिम दल, प्रशिक्षण टोली र केही ‘ब्वाय स्काउट’ सँगै वहाँ १९ मे, १९५२ मा काठमाडौं आउनुभयो ।

मे २०, १९५२ का दिनबाट बाजपेयी (उल्लेखित कोर्सका लिडर) ले क्याम्प चिफको रूपमा तालिम कार्य सुरु गर्नुभयो । यो नै नेपालको पहिलो ‘स्काउट मास्टर तालिम’ थियो । ललितपुरको गोदावरीमा सञ्चालन हुँदै गरेको तालिममा निरन्तर वर्षा, जुका लाग्ने समस्या र काठमाडौं सहरदेखि टाढा भएकाले दुई दिनपछि नेपाल संग्रहालयको पूर्वीभागमा रहेको छाउनी होस्टल मैदानमा सारियो । नेपाल स्काउट र गाइडको, सन् १९५२ मे २२ देखि (जुन २१ सम्मको, एकमहिने उक्त तालिम तत्कालीन समयसम्मको विश्वकै सबैभन्दा लामो अवधिको तालिम थियो ।

नेपालमा स्काउटको विस्तार गर्ने उद्देश्यका साथ प्रदान गरिएको उक्त तालिम युवालाई भन्दा पनि पहिला आधार शिक्षण केन्द्रका शिक्षक र प्राध्यापकलाई दिइने सोच बनाइयो । उक्त शिक्षण केन्द्रमा नेपालका विभिन्न क्षेत्रका शिक्षक आउने भएकाले शिक्षण तालिमका साथसाथै स्काउट मास्टर तालिम दिइएको हो । उनीहरूले आ–आफ्नो विद्यालयमा उक्त तालिमको सुरुवात गराउन सक्षम हुन्छन् भन्ने सोचेर नै ‘आधार शिक्षण केन्द्र’ का प्राध्यापक तथा शिक्षकलाई उक्त तालिममा समावेश गरिएको थियो ।

तर, उक्त केन्द्रमा थोरै संख्यामा मात्र शिक्षक र प्रशिक्षक रहेकाले नेपालका अरू आधार स्कुल, अंग्रेजी उच्च माध्यमिक विद्यालय तथा कलेजका शिक्षकलाई समावेश गरी ३२ जना प्रशीक्षार्थीलाई पहिलोपटक ‘स्काउट मास्टर’ तालिम दिइयो । यसका लागि शिक्षा मन्त्रालयले २ जना, शिक्षा मन्त्रालयबाट ७ जना, आधार शिक्षण केन्द्रबाट १० जना आधार स्कुलहरूबाट १२ जना, अंग्रेजी उमाविबाट १ जना, त्रिचन्द्र कलेजका प्रोफेसरसहित उक्त तालिमका लागि जम्मा ३२ जना छनोटमा परे । वहाँहरूलाई काठमाडौं उपत्यकाका ३ जिल्लाभित्रबाट छानिएको थियो ।

छानिएको ३२ प्रशिक्षार्थीः त्रैलोक्यनाथ उप्रेती, श्यामराजध्वज जोशी, गोविन्द नारायण ‘ज्या–पू’, रामप्रसाद तन्डुकार, रौनकमान प्रधान, शंकरलाल राजवंशी, माधवप्रसाद घिमिरे, अभयदेव गौतम, केशवलाल मानन्धर, बद्रीनाथ आचार्य, अनन्तराम दाहाल, कमलप्रसाद पौडेल, वासुदेव प्रसाद शर्मा, श्रीकृष्ण शर्मा, नेमीनाथ भट्टराई, कृष्णप्रसाद लामिछाने, शिवप्रसाद शर्मा, चन्द्रलाल श्रेष्ठ, निरमर्दन बस्नेत, मोहनप्रसाद प्रधान, उदयमान श्रेष्ठ, कृष्णप्रसाद तिमल्सिना, कृष्णराज श्रेष्ठ, रणबहादुर थापा, अष्टमंगल बज्राचायर्, केशवचन्द्र प्रधान, शिवहरि आचार्य, गोविन्दमान सिंह, सुर्यमान बिजुक्छें, नारायणभक्त जोछें, अमुल्यरत्न मित्र, डिल्लीराज उप्रेती ।

नेपालको स्काउटिङमा ‘ब्याय स्काउट पेट्रोल्सको’ नाम जनावरको नामबाट राखिन्छ र ‘गर्ल स्काउट पेट्रोल्सको’ चराहरूको नामबाट राखिन्छ । सो गर्नुको उद्देश्य बालबालिकालाई प्रकृतितर्फ आकर्षित गर्नु हो । टोली क्रियाकलाप (Patrol activity) को क्रममा उनीहरूले जनावर तथा चराको आवाज (जस्तै कुकुरको भुकाइ भुक –भुक), बिरालोको आवाज (म्याँउ–म्याँउ), कोइलीको (कुहु– कुहु), कागको (का–का) आदि निकाल्न सक्छन् भनी यी नाम राखिएको थियो । तर, पाका उमेरका शिक्षकका लागि उक्त नाम र आवाज निकाल्न अनुपयुक्त हुने ठहर गरी देवीदेवताको नाम प्रयोग गरियो । उक्त समय नेपाल हिन्दू राज्य थियो । भारतीय प्रशिक्षक टोली र नेपाली प्रशिक्षार्थीहरू हिन्दू र बौद्ध धर्मप्रति आस्था राख्ने, उक्त धर्म मान्ने भएकाले प्राध्यापक र मास्टरहरू (टिचर लेभर) सम्मिलित तालिम समूहलाई देवीदेवताका नाममा टोली विभाजन गरियो ।

तत्कालीन समयमा नेपाली समाजमा महिलालाई घरबाट बाहिर निस्कन सहज थिएन । सोही कारणले गर्दा तालिमका सहभागी ३२ जना सबै पुरुष मात्र थिए । यसका बाबजुद स्काउट परिषदमा, उच्च तहका भए पनि उच्च प्रतिष्ठित ६ जना महिलाहरू समावेश भएका थिए । पछिका दिनमा महिलाको सहभागिता बिस्तारै बढ्दै जानथालेको सन्दर्भले स्काउट सबैको लागि हो भन्ने भावनालाई पुष्टि गर्छ ।

सम्मिलित ३२ जना प्रशिक्षार्थीलाई, हर टोलीमा ८–८ जना रहने गरी ४ वटा पेट्रोल्स (बुद्द पेट्रोल, सिता पेट्रोल, गुहेश्वरी पेट्रोल, पशुपति पेट्रोल) मा विभाजन गरियो । नेपालको पहिलो स्काउट मास्टर ट्रेनिङ (ट्रप) मा पेट्रोल अनुसार निम्न व्यक्ति थिए ।

बुद्ध पेट्रोलमाः श्रीकृष्ण शर्मा, नेमीनाथ भट्टराई, बद्रीनाथ आचार्य, माधब प्रसाद घिमीरे, अनन्तराम दाहाल, शिवप्रसाद शर्मा, कृष्णप्रसाद लामिछाने, डिल्लीराज उप्रेती (ट्रैनी कम स्टाफ)

सिता पेट्रोलः अमुल्यरत्न मित्र, उदयमान श्रेष्ठ, शिवहरि आचार्य, रणबहादुर थापा, कृष्णप्रसाद तिमल्सिना, कृष्णराज श्रेष्ठ, अष्टमंगल बज्राचार्य, त्रैलोक्यनाथ उप्रेती (ट्रैनी कम स्टाफ)

गुहेश्वरी पेट्रोलः गोविन्दमान सिंह, मोहनप्रसाद प्रधान, केशवलाल मानन्धर, नारायणभक्त जोछ,ें रामप्रसाद तन्डुकार, निरमर्दन बस्नेत, केशवचन्द्र प्रधान, श्यामराजध्वज जोशी (ट्रैनी कम स्टाफ)

पशुपति पेट्रोलः चन्द्रलाल श्रेष्ठ, सुर्यमान बिजुक्छें, शंकरलाल राजवंशी, गोविन्दनारायण ‘ज्या–पू’अभयदेव गौतम, कमलप्रसाद पौडेल, वासुदेवप्रसाद शर्मा, रौनकमान प्रधान (ट्रैनी कम स्टाफ)

 फोटो खिचेको समयमा ट्रैनी कम स्टाफहरू कार्यक्षेत्रमा कार्यरत भएकाले पेट्रोलअनुसार खिचिएको फोटोहरूमा हरेक पेट्रोलमा केवल ७–७ जना मात्र देखिन्छ ।

तालिमपश्चात, तत्कालै नारायणहिटी राजदरबारमा एक भव्य समारोहबीच राजा त्रिभुवनले स्काउटको झण्डा अनावरण गर्दै ‘नेपाल स्काउट एन्ड गाइड्स एसोसिएसन’ संस्थाको स्थापना र उद्घाटन सन् १८ जुन १९५२ (वि. स. ५ असार २००९) मा गर्नुभयो र यसै दिनलाई हामीले स्काउट दिवसको रूपमा मनाउन थाल्याँै । उक्त समारोहमा राजा त्रिभुवनले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा ‘नेपाल स्काउट परिषद्’ र ‘कार्यकारी समिति’ को घोषणासमेत गर्नुभयो । स्काउट परिषद् अन्तर्गत कार्यकारी समिति र विभिन्न जिल्लाका आधिकारिक र गैरआधिकारिक व्यक्तिहरू पर्छन् । तत्कालीन कार्यकारी समितिमा निम्न व्यक्तिहरू हुनुहुन्थ्योः

पेट्रोन– श्री ५, नेपालका राजा, अध्यक्ष, सम्माननीय प्रधानमन्त्री, नेशनल कमिसनार माननीय शिक्षामन्त्री, नेसनल सेक्रेटरी (त्रैलोक्यनाथ उप्रेती, कार्यकारी सचिव, शिक्षा मन्त्रालय, कोषाध्यक्ष गैरआधिकारिक सदस्यबाट छानिने । ७, ८, ९, १०– सदस्यमध्येबाट छानिने, अर्गनाइजिङ कमिसनार सरकारद्वारा खटाइएको व्यक्ति । देशभर स्काउटिङ गतिविधि फैलाउने र स्काउटका संघहरूको रेखदेख गर्ने उद्देश्यका साथ खटाइएको थियो ।

सुरुमा निम्न सदस्यहरू छानिएको थियो । त्यसमा पछि विभिन्न जिल्लाबाट आधिकारिक र गैरआधिकारिक सदस्यहरू पनि समावेश गरियो । सुरुमा छानिएकाहरूः सम्माननीय प्रधानमन्त्री, माननीय शिक्षामन्त्री, माननीय रक्षामन्त्री, माननीय खाद्य तथा कृषिमन्त्री, अधिराजकुमारी प्रिन्सेप शाह, श्रीमती मन्जु कोइराला, श्रीमती नयदेवी शाह, श्रीमती मीन शमशेर (कमल राणा), सुश्री चन्दा महत, श्रीमती बुढाथोकी (कमला), माननीय न्याय तथा कानुनमन्त्री, माननीय स्थानीय सरकार मन्त्री, प्रहरी महानिरिक्षक, नृपजंग राणा, कर्णेल पद्मबहादुर के.सी,कुमारदास श्रेष्ठ, त्रैलोक्यनाथ उप्रेती, डिजिएस नैन राज, डिजिपिआई, एडिपिआई, स्कुलका चिफ इन्स्पेक्टर, श्री तारामान, प्रधानाध्यापक त्रिचन्द्र कलेज, प्रधानाध्यापक एनएन कलेज, रेभरेन्ट फादर मोरेन, रामप्रसाद मानन्धर, डा. सिद्धिमणि, हेडमास्टर दरबार हाई स्कुल, हेडमास्टर पद्मोदय हाई स्कुल, हेडमास्टर जेपी हाई स्कुल, हेडमास्टर पाटन हाई स्कुल, हेडमास्टर आधार शिक्षण केन्द्र

राष्ट्रिय स्काउट परिषद् र कार्यकारी समितिको गठनपछि, नेपाल स्काउट एन्ड गाइड्सलाई मुख्यालय (हेडक्वाटर्स), बजेट र कर्मचारीको आवश्यकता थियो । उक्त कार्यका लागि नेतृत्व र आवश्यक व्यवस्थापन गर्न उपयुक्त व्यक्ति, स्काउट तालिमप्राप्त त्रैलोक्यनाथ उप्रेती हुने ठहर गरी वहाँलाई सो कार्यको जिम्मा दिइयो ।

पूर्वाधारको अभावले तत्कालीन रूपमा, नेपाल स्काउट एन्ड गाइड्स एसोसिएसनले आधार शिक्षण केन्द्र ताहाचल, काठमाडौंलाई नै उपयुक्त ठानी अस्थायी मुख्यालय (हेडक्वाट्र्स) बनायो । स्काउट मास्टर तालिमले प्रशिक्षित प्रिन्सिपल श्यामध्वज जोशीलाई कोषाध्क्षमा मनोनित गरियो । आधार शिक्षण केन्द्रका प्रशिक्षक तथा सैन्य तालिम र स्काउट तालिम प्राप्त प्रा.गोविन्द नारायण ‘ज्या–पू’ लाई व्यवस्थापन र तालिमको जिम्मा दिइयो । साथै, सैन्य तालिमप्राप्त र स्काउट तालिम प्राप्त रौनकमान प्रधानलाई अर्का हालसालै स्काउट तालिम प्राप्त शंकरलाल राजवंशीले सहयोग गर्ने गरी प्रशासनिक र कार्यालयका कामको जिम्मा सुम्पियो ।

 नेपाल सरकारले प्रा.गोविन्द नारायण ‘ज्या–पू’ लाई सन् १९५३–१९५४ सम्म सिटी कोर्स’ को तालिम लिनका लागि पटना अवस्थित, पटना ट्रेनिङ स्कुल पठायो । ततपश्चात् सहकारी शिक्षा योजना (संयुक्त राज्य अमेरिका) अपरेसन मिसन र नेपाल सरकार वा श्री ५ को सरकार) अन्तर्गत सन् १९५६–१९५७ सम्म फाइन आट एजुकेसन तालिमका लागि ओरेगन विश्वविद्यालय, ओरेगन, अमेरिका पठायो ।

सोही समयावधिमा प्रा. ‘ज्या–पू’ ले उक्त तालिमको अलावा ‘ब्वाइज स्काउट अफ अमेरिका’ बाट स्काउट मास्टरसको लागि दिइने ‘स्काउटर कि’ तालिम पनि लिनुभयो । प्रा.‘ज्या–पू’ स्काउट प्रशिक्षक हुनाका साथै नेपालमा स्काउट तालिम र व्यवस्थापन गर्ने काम गर्नुहुन्थ्यो । उक्त तालिम अवधिभर वहाँको अनुपस्थितले गर्दा नेपालमा स्काउटका गतिविधि केही समय सुस्ताएको समेत थियो ।

तत्पश्चात वहाँले निरन्तर रूपमा आ.शि.केन्द्रमा तालिम लिन विभिन्न विद्यालय र संस्थाबाट आउने प्रधानाध्यापक, शिक्षक र देशका अन्य भागमा छरिएर रहेका विभिन्न संघसंस्थाका व्यक्तिहरूलाई शिक्षक तालिमका साथसाथै स्काउट मास्टर तालिम र देशका विभिन्न अञ्चल तथा जिल्लामा तालिम दिँदै, जिल्ला स्तरीय नेपाल स्काउट एन्ड गाइड्सको मुख्यालय (हेडक्वाटर्स) स्थापनाको लागि पहल गर्दै रहनुभयो ।

यसअघि नै बाजपायले तालिम दिनुभएको २ महिनापछि नै प्रा. ज्या–पू ले आफू बस्ने वरपरका (भिमसेनस्थान, काठमाडौं) केटाकेटीलाई आमन्त्रण गरेर नेपालको पहिलो खुल्ला ब्वाय ट्रुप ‘भिम बाल स्काउट’ सुरु गर्नुभएको थियो ।

ओरेगन विश्वविद्यालयको अध्ययनको अन्त्यतिर, सन् १९५७ मा प्रा.‘ज्या–पू’ ले ‘व्वाय स्काउट इन्टरनेसनल ब्युरो’ लन्डन, ग्रेट ब्रिटेनमा नेपाल स्काउटलाई आवद्ध गराउन माटोले बनेको मूर्ति (स्काउट मोडल अफ क्ले) सहित एक पत्र पठाउनुभयो । तत्कालै इन्टरनेसनल स्काउट ब्युरोले आफ्नो फिल्ड कमिसनार गेराल्ड भिक्टोर फर्नान्डो (श्रीलंकाली नागरिक) लाई नेपालमा गएर आवश्यक कार्य गर्न लिखित निर्देशन दियो । प्रा.‘ज्या–पू’ मार्फत नेपालको ‘व्याय एन्ड गर्ल स्काउट’ बारेमा सन् १९५२ को सुदूरपूर्व क्षेत्रको बिएसआइबीको बुलेटिन र अन्य पत्रिकामा पनि प्रकाशित गरिएको छ । यसपश्चात् नै ‘नेपाल स्काउट एन्ड गाइड्स’ इन्टरनेसनल ब्युरोसँग जोडिन गयो र निरन्तर सम्पर्कमा रहिरह्यो ।

यो नै नेपाल स्काउटको विश्व स्काउटसँगको पहिलो अन्तर्राष्ट्रिय सम्बन्ध हो । साथै, सन् १९६२ मा वल्र्ड एसोसिएसन अफ गर्ल गाइड्स र गर्ल स्काउट एसोसिएसनले पनि ब्रिटिस काउन्सिल (पुस्तकालय) काठमाडौंको माध्यमबाट नेपालमा गर्ल गाइडको टोली सञ्चालन भइरहेको खबर पाएर, उक्त ठूलो संस्थासँग आबद्ध हुनका लागि ‘ज्या–पू’ लाई चिठी पठायो । यसरी नेपाल स्काउटलाई गर्ल स्काउट तथा गर्ल गाइड्स अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्नमा पनि ‘ज्या–पू’ ले योगदान दिनुभएको छ ।

समयक्रमसँगै नेपाल स्काउटको नाम र व्यवस्था परिवर्तन हुँदै गयो । सन् १९५२ मा ‘नेपाल स्काउट एन्ड गाइड्स’ को नामले परिचित संस्थाले सन् १९५९ तिर ‘नेपाल ब्वाय स्काउटस एन्ड गर्ल स्काउटस (गाइडस)’ को नाम लिन गयो र अन्त्यमा सन् १९७५ (विसं.२०३२) पश्चात् अहिलेसम्म ‘नेपाल स्काउट’ को रूपमा परिचित छ ।

नेपालमा स्काउटिङको उत्थानका लागि राजपरिवारले धेरै प्रेरणा र योगदान प्रदान गरेका थिए । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नेपाल स्काउटको आन्तरिक राजनीतिमा समेत केही परिवर्तन आयो । नेपाल स्काउटको ‘पेट्रोन’ तथा ‘पेट्रोन इन चिफ’ मा राजारानी र युवराज–युवराज्ञी ‘चिफ स्काउट’ रहँदै आएकोमा अहिले प्रधानमन्त्रीलाई ‘पेट्रोन’ र युवा तथा खेलकुदमन्त्रीलाई ‘चिफ स्काउट’को रूपमा राख्ने व्यवस्था हुने गरिएको छ ।

चिफ स्काउटले हालसालै अस्थायी कमिटी बनाएको छ । जसको अध्यक्षमा लोकबहादुर भण्डारी छन भने कमिटीका अन्य सदस्यमा शिवबहादुर भण्डारी, बिजेन्द्र ध्वजु, इन्द्रभूषण अधिकारी र श्रीमती सिमा कर्ण रहेका छन् । समितिमा आवश्यक सल्लाह दिन ७ जनाको सल्लाहकार समिति पनि नियुक्त गरिएको छ । उक्त समितिमा प्रा.गोविन्दनारायण ‘ज्या–पू’, श्रीमती रामवदन जोशी, रविन दाहाल, ध्रुवप्रसाद शर्मा, पुष्पलता भट्टराई, चन्दन कौशिक र श्रीराम लामिछाने रहेका छन् ।

हाल नेपाल स्काउटको पेट्रोन प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ भने चिफ स्काउटमा माननीय युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विक रहनुभएको छ । साथै भूतपूर्व प्रधानमन्त्रीहरू पनि नेपाल स्काउटका पेट्रोन रहँदै आउनुभएको छ । हाल नेपाल स्काउटमा लोकबहादुर भण्डारी नेसनल संयोजक हुनुहुन्छ । वहाँको नेतृत्वमा नेपाल स्काउट राम्ररी चलिरहेको छ ।

(हाल ९३ वर्षीय पहिलो चिफ स्काउट मास्टर र फिल्ड कमिस्नर प्रा.गोविन्दनारायण ज्या–पूको सम्झना, जानकारी र अनुभव साथै प्रत्यक्ष संलग्नतामा तयार पारिएको सामग्री )

प्रतिक्रिया