भेनेजुएलासँग रोकियो ब्राजिल

एजेन्सी, अमेरिका । कोपा अमेरिका फुटबलमा ब्राजिल र भेनेजुएलाले अंक बाँडेका छन् । बुधबार बिहान भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेसँगै एक एक अंक लिएका हुन् । खेलमा ब्राजिलले दुई गोल गरे पनि भिडियो एसिस्टेन्स रेफ्रीका कारण दुबै गोललाई मान्यता दिइएन ।

पहिलो हाफमा रोबेर्टो फेरमिन्होले ब्राजिलका लागि गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन । त्यसपछि फेरी गाब्रियल जिससको प्रयासमा फिलिप कोउन्टिन्होले अन्तिममा गोल गरे पनि फेरि भिएआरले अफसाइड दियो । यो बराबरीले समूह ए मा ब्राजिल, पेरु र भेनेजुयलाको अन्तिम १६ मा पुग्ने बाटो खुल्ला रहेको छ । ब्राजिल र पेरुको दुई खेलमा समान चार चार अंक रहेको छ ।

पुरै खेलमा ब्राजिलले १९ वटा पोस्ट चार्ज गरेको थियो । ६९ प्रतिशत बल पोसेसन रहेको ब्राजिलका लागि यो खेल मुख्यगरी भिएआर नै बाधक बन्यो । भेनेजुएला २ अंक सहित तेस्रो स्थानमा रहँदा बोलिभियाले भने अंक जोड्न सकेको छैन । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ । प्रतियोगिताको पहिलो खेलमा पेरु भेनेजुयलासँग गोल रहित बराबरी रोकिएको थियो ।

बुधबार बिहान भएको खेलमा पेरुले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको हो । खेलमा सुरुआती अग्रता बोलिभियाले लिएको थियो । खेलको २८ औँ मिनेटमा बोलिभियाका मार्सेलो मोरेनोले पेनाल्टीमा गोल गर्दै बोलिभियालाई सुरुआती अग्रता दिलाएका थिए । बोलिभियाको अग्रता लामो समय सम्म टिक्न भने सकेन् ।

खेलको ४५ औँ मिनेटमा पेरुका जोसे पाओलो गुरेरोले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यस्तै खेलको ५५ औँ मिनेटमा जेफरसन फार्फनले गोल गर्दै पेरुको अग्रता दोब्बर पारे । खेलको अन्तिम मिनेटमा इडिसन फ्लोरिसले गोल गर्दै पेरुको जित सुनिश्चित गरे । जितसँगै समूह ‘ए’को पेरुको दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यता पराजित बोलिभिया भने दुई खेल खेलेर दुबै खेलमा पराजित रहँदै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया